• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ३०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १0 घण्टा अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ३०, शुक्रबार
    होमपेज /  लेख तथा साहित्य

    रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ…

  • देशप्रेमी राज
  • २०८२ जेष्ठ ४, आईतबार (१ साल अघि)
  • ११८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • ईस्वी ६४ को जुलाई महिनाको एउटा गर्मी रात थियो। रोमको एउटा किनाराबाट सुरु भएको आगो झण्डै एक हप्ता भन्दा बढीसम्म सल्किरह्यो। भीषण लप्काले सहरका नौ वटा भागमध्ये छ भागलाई पूर्ण रूपमा खरानी बनायो। इतिहासकार टासिटसका अनुसार, त्यो आगलागीले हजारौं मानिसको घरबार बिथोल्यो, सयौं मानिस मरे, र सहरको समग्र संरचना नै बिगारियो। त्यो समयको रोम केवल एउटा सहर थिएन—रोमन सभ्यताको केन्द्र थियो। साम्राज्यको राजधानी, जहाँबाट सम्पूर्ण शक्ति र संस्कृतिको निर्देश हुन्थ्यो। यस्तो सहरको नाश केवल भौतिक क्षति थिएन, त्यो द  थियो।

    आगलागी कसरी भयो भन्नेमा मत एक छैन। कतिले यसलाई आकस्मिक मान्छन्, जहाँ सहरको संरचनागत कमजोरी—काठका घर, साँघुरा गल्लीहरू, नजिक-नजिक टाँसिएका निर्माणहरू—कारण थिए। तर धेरैले भनेका छन्, आगो केवल संयोग थिएन, त्यो नियोजित थियो। कतिले स्पष्ट रूपमा नीरोमाथि नै शंका गरे—उनले आफ्नै महल बनाउन ठाउँ खाली गर्न आगो लगाएका हुन् भन्ने आरोप चर्चित छ। यद्यपि त्यसबारे ठोस प्रमाण कहिल्यै भेटिएन, इतिहासको कल्पनाशक्तिमा त्यो दृढ विश्वासको रूपमा बसेको छ।

    सबैभन्दा चर्चित र चित्त दुखाउने पक्ष भनेको आगलागीको बेला नीरोको व्यवहार हो। इतिहासकारहरू बीच यसबारे मतभेद छन्। कतिपय लेखहरूमा उल्लेख छ कि आगलागी सुरु हुँदा नीरो रोममा थिएनन्, उनी आफ्नो विश्रामस्थल ‘एन्टियम’ मा थिए। उनलाई खबर प्राप्त भएपछि उनी फर्किएर उद्धार कार्यमा संलग्न भए, शरणार्थीहरूका लागि अस्थायी शिविर बनाउने आदेश दिए, र राहतका सामग्री वितरण गरे। तर यिनै दस्तावेजहरूमा एउटै कथा फेरि दोहोरिन्छ—रोम जलिरहेछ, र नीरो बाँसुरी बजाइरहेछ।

    यो दृश्य ऐतिहासिक हो कि मिथक? त्यो सधैं बहसको विषय रहन्छ। तर यो वाक्यले जनमानसमा अमिट छाप छोडेको छ । एक सम्राट, जसको सहर आगोमा जलिरहेको छ, जनता बिलाप गरिरहेका छन्, र उनी महलको झ्यालबाट बाँसुरीको मधुर धुनमा मग्न छन्। त्यो बाँसुरी साँच्चैको हो वा प्रतीक, त्यो सधैं विवादको विषय रहन्छ, तर भावनाको तहमा त्यो बाँसुरी लापरवाही, असंवेदनशीलता र सत्ता मोहको सङ्गीत हो।

    नीरो आफैं संगीतप्रेमी थिए। उनले आफूलाई कलाकारका रूपमा प्रस्तुत गर्न चाहन्थे। उनी ‘लाइर’ नामक युनानी वाद्ययन्त्र बजाउने गर्थे, गीत गाउने गर्थे, र सार्वजनिक रूपमा नाटकमा अभिनय गर्न पनि पछि पर्दैनथे। एउटा शासकले संगीतमा चासो राख्नु गलत होइन। तर जब सहर जलिरहेको अनि मान्छेहरू बिचलित भइरहेको बेलामा, त्यो सोखले दायित्वलाई विस्थापित गर्छ भने त्यसको मूल्य महङ्गो हुन्छ।

    आगलागीपछिका दिनहरूमा नीरोले ठूलो दरबार बनाउने योजना अघि बढाए। “डोमुस अउरिया”—अर्थात् सुनको दरबार। यो महल विशाल थियो, कति भव्य र विलासी कि मान्छेहरूले “राजा महल बनाइरहेछ, जनता ढुंग्रो खोज्दैछन्” भनेर चुट्किला बनाएका थिए। यो महल निर्माणका लागि उनले सहरको धेरै हिस्सा खाली गराए, जसले गर्दा उनको विरुद्धको जनआक्रोश झनै चुलियो।

    त्यो आगोको दोष कसलाई दिने भन्ने प्रश्न पनि समयान्तरमा राजनीतिक रूपमा प्रयोग भयो। नीरोले त्यस दोष नयाँ इसाई धर्म मान्ने समूहमाथि थोपरे। त्यसपछि सुरु भयो—रोमन साम्राज्यमा इसाईहरूको पहिलो व्यवस्थित दमन। जनताले सहानुभूति जनाउन सक्ने कुनै समूहलाई अपराधी बनाएर शासनले आफूलाई सुरक्षित राख्ने यो शैली आजको परिप्रेक्ष्यमा पनि सान्दर्भिक लाग्छ।

    समय बित्दै जाँदा, नीरोको शासन अस्थिर बन्दै गयो। सेनाका उच्च अधिकारीहरू बिद्रोह गर्न थाले। सिनेटले उनलाई शत्रु घोषणा गर्‍यो। अन्ततः चारैतिरबाट घेरिएपछि उनले आत्महत्या गरे। मृत्युको समय उनले भनेका थिए भनिन्छ —“म कस्तो कलाकार थिएँ  मर्दैछु। राेमले एउटा ठूलाे कलाकार गुमाउनेछ । ” त्यो वाक्य सुन्दा लाग्छ, उनको चिन्ता राज्य होइन, आफू थियाे । आत्मप्रशंसामा लिप्त, तर जनताको आँसु देख्न अयोग्य।

    रोमको आगलागी इतिहासमा एउटा भौतिक विनाश मात्र होइन, नैतिक पतनको द्योतक पनि बन्यो। “नीरो बाँसुरी बजाइरहेछ” भन्ने वाक्य इतिहासले एउटा चेतावनीको रूपमा लेखेको छ। नेतृत्व भनेको केवल कुर्सी होइन, त्यो जनताका लागि उपस्थित हुने क्षमताको नाम हो। जब त्यो क्षमता विलीन हुन्छ, शासक बाँसुरी बजाउँछ, र जनता आगोमा पोलिएर खरानी हुन्छन्।

    शब्दहरू कहिले काहीँ समयभन्दा लामो बाँच्दछन्। “रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ”—यति छोटो वाक्य, तर युगौंसम्म गुञ्जिरहने सन्देश। यसको अर्थ केवल कुनै एक इतिहासको घटना होइन, त्यो हरेक युगको एउटा सम्भावित त्रासदी हो। सत्तामा बसेको व्यक्ति जब जनतासँगको सम्बन्ध भुल्छ, जब विपत्तिको समयमा उ  कला, सौन्दर्य र आत्मप्रशंसामा तल्लीन हुन्छ, त्यतिबेला त्यो बाँसुरी केवल धुन हुँदैन—त्यो विलापको स्वर बनिसकेको हुन्छ।

    हामीले इतिहासलाई केवल  एक फगत घटनाहरुकाे विवरण मानेर बिर्सन मिल्दैन। त्यहाँ भावना छन्, र चेतावनी पनि। “नीरो बाँसुरी बजाइरहेछ” भन्ने वाक्य त्यसै लेखिएको होइन। त्यो उसैगरी दोहोरिन्छ, जति पटक सत्ताले जनताका आँसु देख्न छोड्छ। त्यसैले, हरेक पुस्ताले यो प्रश्न सोधिरहनुपर्छ—जब आगो सल्किन्छ, हाम्रो बाँसुरी कता बजिरहेछ? यो वाक्य विस्मरण होइन, चेतना हो। इतिहासको एउटा शिलालेख—रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ।

    • #Nero
    • #politics
    • #rome

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

    समृद्धिको खोजीमा हराइरहेको समाज

    नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

    मानव तस्करी र संगठित अपराधको जालोमा नेपाली आप्रवासी

    सन् २०२५ को आतंकवाद सूचकांकः बदलिंदो युद्ध, बदलिंदो मोर्चा

    नेपालका लागि श्रीलंकाको दुई तिहाइ बहुमतको पाठ: राजनीतिक रूपान्तरण र सुशासनको आवश्यकता

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑