• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ घण्टा अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      २ दिन अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ हफ्ता अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      २ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ३ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      ३ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      ४ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

  • राजन दाहाल
  • २०८३ आश्विन २, शुक्रबार (१ घण्टा अघि)
  • ५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २४ मिनेट
  • पनौती/ खोपासी

    पनौती नगरपालिका–९, नौबिसेमा सञ्चालित रैथाने भिलेज रिसोर्टका संस्थापक तथा सञ्चालक जनक हुमागाईँ र सीता हुमागाईँको परिवारले पनौती नगरपालिका–१० स्थित श्रीराम माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई ट्र्याकसुट, टिसर्ट तथा जुत्ता–मोजा वितरण गरेको छ।

    विद्यालयमा आयोजित एक कार्यक्रमका बीच हुमागाईँ परिवारले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा रैथाने भिलेज रिसोर्टका सञ्चालक जनक हुमागाईँका छोरा विनय हुमागाईँले आगामी दिनमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हरेक वर्ष विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको जानकारी दिँदै हाल ३० जना विद्यार्थीलाई सामग्री वितरण गरिएको र दसैँअघि नै विद्यालयका सबै विद्यार्थीलाई स्कुल ड्रेस उपलब्ध गराउने प्रतिबद्धता जनाए। साथै  हुमागाईँले विद्यालयमा उत्कृष्ट प्रदर्शन गर्दै स्कुल टप गर्ने एक जना विद्यार्थीलाई कक्षा १० सम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने घोषणा समेत गरे। विद्यार्थीको शिक्षा र भविष्य निर्माणमा आफ्नो परिवारले निरन्तर सहयोग गर्ने उनको भनाइ रहेको थियो ।

    सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा दाताहरुमा जनक हुमागाई र उनकी धर्मपत्नी सीता हुमागाई, विनय हुमागाईँसंगै उनकी धर्मपत्नी अस्मा हुमागाईँ तथा विजय हुमागाई र उनकी धर्म पत्नी चाँदनि हुमागाईँको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रमको उद्देश्यबारे शिक्षक देवराज घिमिरेले प्रकाश पारेका थिए। उनले रैथाने भिलेज रिसोर्ट तथा हुमागाईँ परिवारले विभिन्न विद्यालयमा गर्दै आएको सहयोगको प्रशंसा गर्दै श्रीराम माध्यमिक विद्यालयलाई समेत सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे।

    कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिका–१० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले विद्यालयमा गरिएको सहयोग विद्यार्थीका लागि मात्र नभई समाजकै लागि प्रेरणादायी भएको बताएका छन् । सहयोग पाएका विद्यार्थीहरूले दाताहरूलाई जीवनभर सम्झिरहने उल्लेख गर्दै उनले मनकारी भावना र सामाजिक उत्तरदायित्व बोकेका व्यक्तिहरूले मात्र यस्ता मानवीय कार्य गर्न सक्ने बताए। हुमागाई परिवारको सामाजिक भावनाको उच्च प्रशंसा गर्दै भण्डारी ले सहयोगका लागि धन्यवाद तथा कृतज्ञता व्यक्त गरे।

    विद्यालयका प्रधानाध्यापक रामचन्द्र केसीले हुमागाईँ परिवारबाट प्राप्त सहयोगले विद्यार्थी तथा विद्यालय परिवारमा खुसी थपिएको बताए। दसैँको मुखैमा प्राप्त सहयोगले विद्यार्थीहरूमा थप उत्साह र खुसी ल्याएको उल्लेख गर्दै उनले हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गरे। आगामी दिनमा विद्यालयका सबै विद्यार्थीले सहयोग पाउने प्रतिबद्धताले विद्यार्थीहरू अझ उत्साहित भएको उनको भनाइ थियो। प्रधानाध्यापक केसीले अभिभावक, शिक्षक, विद्यार्थी र सहयोगी दाताहरूबीचको सहकार्यबाट मात्र विद्यार्थीको शिक्षामा गुणात्मक सुधार ल्याउन सकिने बताएका छन् ।

    कार्यक्रमकी सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सरिता अधिकारी नेपालीले विद्यार्थीहरूको हर्ष र उल्लास नै सहयोगी दाताहरूको वास्तविक खुसी भएको बताइन्। उनले हुमागाईँ परिवारले विद्यालय तथा विद्यार्थीप्रति देखाएको सद्भाव र सहयोगका लागि हृदयदेखि धन्यवाद व्यक्त गर्दै सामाजिक सेवाको यो भावना आगामी दिनमा पनि निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गरिन्। उनले दाताहरूको व्यवसायिक सफलता, समृद्धि र सुख–शान्तिका लागि शुभकामना दिँदै यस्ता सामाजिक कार्य अन्य विद्यालयमा समेत विस्तार हुँदै जाने विश्वास समेत व्यक्त गरेकी छिन् ।

    कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक गोविन्द न्यौपानेले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    समाचार

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    काभ्रे खबर

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२३६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४५३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२८३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२७४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑