• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

  • राजन दाहाल
  • २०८३ भाद्र १४, आईतबार (६ दिन अघि)
  • ६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट
  • पनौती / काभ्रेपलान्चोक

    पनौती नगरपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी सुरु गरेको छ। नगरपालिकाका १२ वटै वडामा रहेका १४ वटा स्वास्थ्य संस्थामार्फत नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ। नगरपालिकाले एक नगर अस्पतालसमेत सञ्चालन गरिरहेको छ।

    नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख भण्डारीले विगतमा स्वास्थ्य क्षेत्रमा देखिएका कमी–कमजोरी पहिचान गरी सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । नगर प्रमुख भण्डारीले विगतमा स्वास्थ्य सेवामा देखिएका समस्या के कारणले उत्पन्न भएका हुन् भन्ने पहिचान गरी तत्काल सुधारका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

    पछिल्लो समय सर्ने रोगको तुलनामा नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै भण्डारीले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरे। उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन नागरिकस्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।

    कार्यक्रममा नगर उपप्रमुख बञ्जारा श्रेष्ठले पनौतीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या गम्भीर बन्दै गएको बताइन्। मानसिक स्वास्थ्य समस्यासँगै आत्महत्याका घटना बढिरहेको उल्लेख गर्दै उनले यसको न्यूनीकरणका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताएकी छिन् । विगतका प्रयास सकारात्मक भए पनि मानसिक स्वास्थ्यको समस्या जटिल बन्दै गएकाले आगामी योजनामा यसलाई प्राथमिकताका साथ समेट्नुपर्ने उनको भनाइ थियो।

    उनले सुगर, प्रेसर, क्यान्सर, मानसिक स्वास्थ्यलगायत नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताइन्।

    जनस्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले स्थानीय तहले संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य क्षेत्रका सूचकांक पूरा गर्नुपर्ने बताए। उनले पनौती नगरपालिकाको स्वास्थ्य अवस्था विगत तीन वर्षमा कस्तो रह्यो भन्ने विषयमा तथ्यांकसहित समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओली, स्वास्थ्य शाखा प्रमुख जनक केसी, विभिन्न शाखाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ।

    दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा भएका गतिविधि, उपलब्धि, त्यसले पारेको प्रभाव तथा देखिएका समस्या र चुनौतीबारे समीक्षा गरिने स्वास्थ्य शाखा प्रमुख जनक केसीले बताए। उनले समीक्षाका आधारमा आगामी दिनमा नगरको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आवश्यक योजना तथा कार्यक्रम तय गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑