• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक १, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ३ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक १, शनिबार
    होमपेज /  काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

  • राजन दाहाल
  • २०८३ आश्विन ३०, शुक्रबार (१ दिन अघि)
  • ८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २० मिनेट
  • काभ्रे

    काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा दुग्ध उत्पादक किसानले भोगिरहेका समस्या, दूधको मूल्य वृद्धि, पशु आहारको बढ्दो लागत, सहकारी संस्थाको सुदृढीकरण र किसानको आर्थिक अवस्थाबारे छलफल भएको थियो ।

    संघका अध्यक्ष शिवप्रसाद कोइरालाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत कोइरालाले गर्दै दूध उत्पादनमा संलग्न किसानले लागतअनुसारको मूल्य पाउन नसकेको गुनासो गरे। पशु आहारलगायत उत्पादनका आवश्यक सामग्रीको मूल्य निरन्तर बढिरहेको अवस्थामा दूधको मूल्य भने साढे तीन वर्षदेखि वृद्धि हुन नसकेको विषय प्रतिवेदनमा उल्लेख गरिएको छ। किसानलाई राहत दिन दूधको मूल्य समायोजन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

    अध्यक्ष कोइरालाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघमा २०७६ सालको अद्यावधिक विवरणका आधारमा ९६ वटा दुग्ध उत्पादक सहकारी संस्था आबद्ध रहेका छन्। संघले दुग्ध उत्पादक किसानको हित संरक्षण, सहकारी संस्थाको क्षमता विकास र पशुपालनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।

    संघका लेखा समिति संयोजक विदुर कोइरालाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारण सभामा सहभागी वक्ताहरूले दुग्ध सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारी संस्था, स्थानीय तह, सम्बन्धित निकाय र सरकारले समन्वय गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

    श्री इन्द्रावती बौद्धेश्वरी सहकारी संस्था लिमिटेडका अध्यक्ष देवीप्रसाद नेपालीले पशु आहारका रूपमा प्रयोग हुने दाना, ढुटो र पिनालगायत सामग्री कम लागतमा उत्पादन गरी किसानलाई बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । यसका लागि ठोस योजना बनाएर कार्यान्वयन गर्न सके किसानको उत्पादन लागत घटाउन सहयोग पुग्ने उनको भनाइ थियो।

    कृषि विकास बैंक लिमिटेडकी शाखा अधिकृत वर्षा न्यौपानेले नेपाल कृषि प्रधान देश भए पनि कृषिमा निर्भर जनसंख्याको तुलनामा उत्पादन पर्याप्त हुन नसकेको धारणा राखिन्। उनले करिब ६२ प्रतिशत नागरिक कृषिमा निर्भर रहेको उल्लेख गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक रहेको बताइन्।

    संघका सल्लाहकार तथा निवर्तमान अध्यक्ष नारायण बडालले दुग्ध सहकारी संस्थाको वास्तविक अवस्था र दूध संकलन प्रणालीमाथि प्रश्न उठाए। संघमा ९६ वटा संस्था आबद्ध रहेको विवरण भए पनि सबै संस्थाको सक्रियता र वास्तविक अवस्था यकिन गर्नुपर्ने उनको भनाइ थियो। कतिपय सहकारीबाट दूध संकलन नहुने गरेको गुनासो गर्दै उनले सहकारीको माध्यमबाट दूध संकलनलाई व्यवस्थित बनाउनुपर्ने बताए।

    दुग्ध संकलनमा गैरसहकारी क्षेत्रबाट हुने अनियन्त्रित गतिविधिले सहकारी प्रणालीलाई कमजोर बनाउन सक्ने उल्लेख गर्दै बडालले सहकारी संस्थामार्फत दूध संकलन गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन आग्रह गरे। निष्क्रिय रहेका संस्थाको अवस्था पहिचान गरी आवश्यक सुधार गर्नुपर्नेमा पनि उनले जोड दिए।

    जिल्ला सहकारी संघका उपाध्यक्ष अर्जुन सापकोटाले दुग्ध उत्पादक सहकारी संघलाई आवश्यक पर्ने परामर्श र सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। सहकारी क्षेत्रमा अनेक समस्या रहे पनि दुग्ध सहकारी संस्थाहरूले चुनौतीका बीच आफ्नो कामलाई निरन्तरता दिइरहेको उनले बताएका छन् ।

    किसानको आर्थिक अभावका कारण उत्पादनमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै सापकोटाले किसानको बीमाबापतको रकम भुक्तानी गर्न बीमा कम्पनीहरूले आनाकानी गर्ने गरेको गुनासोसमेत आउने गरेको बताए। किसानले समयमै बीमाको रकम पाउने व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।

    केन्द्रीय दुग्ध सहकारी संघका महासचिव श्रीराम आचार्यले दुग्ध सहकारी संघलाई सहयोग गर्न स्थानीय तहलाई आग्रह गरे। किसानले प्रयोग गर्ने दाना, ढुटो, पिठोलगायत पशु आहार र अन्य सामग्रीको मूल्य महँगो हुँदा उत्पादन लागत बढेको तर दूधको मूल्य भने साढे तीन वर्षदेखि वृद्धि हुन नसकेको उनले बताए। दूधको मूल्य बढाउन सरकारसमक्ष आग्रह गरिए पनि त्यसको सुनुवाइ नभएको उनको गुनासो थियो।

    केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई बलियो बनाउनुपर्ने बताएका छन् । जिल्ला दुग्ध सहकारी संघ बलियो भए किसानको हित संरक्षण हुनुका साथै उनीहरूको आर्थिक अवस्था सुधार गर्नसमेत सहयोग पुग्ने उनको भनाइ थियो। निष्क्रिय रहेका सहकारी संस्थाको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर खारेजी वा व्यवस्थापनको निर्णय लिनुपर्ने उनले बताए।

    कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जङ्गमले किसानलाई अप्ठ्यारो पर्दा नगरपालिका सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे। किसान र दुग्ध सहकारी संस्थाले भोगिरहेका समस्या समाधानका लागि स्थानीय तह तयार रहेको उल्लेख गर्दै उनले आफ्ना समस्या र गुनासा लिएर जनप्रतिनिधि तथा स्थानीय तहका सम्बन्धित निकायसम्म आउन आग्रह गरे।

    ‘किसानलाई के समस्या परेको छ र दुग्ध सहकारी संघमा कस्ता कठिनाइ छन् भन्ने कुरा स्थानीय तहलाई जानकारी हुनुपर्छ,’ उनले भने, ‘समस्या समाधानका लागि स्थानीय तहले के गर्न सक्छ भन्ने विषयमा छलफल गर्न किसान र सहकारीका प्रतिनिधि आएर आफ्ना गुनासा राख्नुपर्छ।’ समस्या सम्बन्धित निकायसम्म नआए त्यसको वास्तविक अवस्था थाहा पाउन कठिन हुने उनको भनाइ थियो। किसान र सहकारीका समस्या पहिचान गरेर समाधानका उपाय खोज्न स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक रहेको उनले बताए।

    साधारण सभाका क्रममा संघमा आबद्ध दुग्ध सहकारी संस्थाहरूलाई संघको विकास र दुग्ध क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑