• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ९ घण्टा अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ५ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ५ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २८, बुधबार
    होमपेज /  काभ्रे खबर

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

  • राजन दाहाल
  • २०८३ भाद्र ३१, बुधबार (४ हफ्ता अघि)
  • ६२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • पनौती / काभ्रेपलान्चोक

    काभ्रेको मदानी बिट नामक अनलाइन पोर्टलमा प्रकाशित समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    मदानी बिटले २०८३ भदौ ३० गते ‘धारा चेक गर्ने कर्मचारीलाई पूर्व निर्वाचन कर्मचारी तथा रास्वपा नेताको धम्की’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा पनौती निवासी नारायणबहादुर खड्कालाई रास्वपाका नेताका रूपमा प्रस्तुत गर्दै उहाँसँग सम्बन्धित व्यक्तिगत विवादलाई रास्वपासँग जोडेर समाचार सम्प्रेषण गरिएको भन्दै रास्वपा पनौती नगर कार्यसमितिले आपत्ति जनाएको हो।

    रास्वपा पनौती नगर सभापति दिनेश श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा खड्का पार्टीका आधिकारिक साधारण सदस्य नरहेको तथा कुनै पनि आधिकारिक समितिमा नरहेको स्पष्ट पारेको छ। व्यक्तिगत वा स्थानीय विवादलाई तथ्यगत आधार र आधिकारिक सम्बन्धको पुष्टि नगरी राजनीतिक दलसँग जोडेर समाचार प्रकाशित गर्दा आम नागरिकमा भ्रम सिर्जना हुनुका साथै सम्बन्धित व्यक्ति र राजनीतिक संगठनको प्रतिष्ठामा असर पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

    रास्वपा पनौती नगर कार्यसमितिले नेपालको संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकको सम्मान गर्ने जनाएको छ। तर पत्रकारितामा सत्य, तथ्य, विश्वसनीय स्रोत, सन्तुलन र सम्बन्धित पक्षको धारणा समेटिनुपर्नेमा जोड दिँदै कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा प्रत्यक्ष असर पार्न सक्ने गम्भीर आरोप प्रकाशित गर्दा त्यसको सत्यता, स्रोत र प्रमाणको उचित परीक्षण हुनुपर्ने जनाएको छ।

    समाचारको विषयलाई लिएर प्रेस स्वतन्त्रताको विरोध नभएको स्पष्ट पार्दै रास्वपाले अपुष्ट वा आधारहीन दाबीका आधारमा व्यक्ति वा राजनीतिक संगठनलाई जोडेर समाचार सम्प्रेषण गरिएकोमा आफ्नो आपत्ति रहेको जनाएको छ।

    रास्वपा पनौती नगर कार्यसमितिले सम्बन्धित सञ्चारमाध्यमबाट यथाशीघ्र तथ्यगत स्पष्टता र आवश्यक सुधारको अपेक्षा गरेको छ। अन्यथा प्रेस काउन्सिल नेपाल तथा सम्बन्धित निकायसमक्ष तथ्य र प्रमाणसहित छानबिन तथा कानुनी प्रक्रियाका लागि निवेदन दिने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑