• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र ३१, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४६ मिनेट अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ हफ्ता अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      २ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      २ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      ३ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      ३ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र ३१, बुधबार
    होमपेज /  काभ्रे खबर

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

  • राजन दाहाल
  • २०८३ भाद्र ३१, बुधबार (४६ मिनेट अघि)
  • १३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • पनौती / काभ्रेपलान्चोक

    काभ्रेको मदानी बिट नामक अनलाइन पोर्टलमा प्रकाशित समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    मदानी बिटले २०८३ भदौ ३० गते ‘धारा चेक गर्ने कर्मचारीलाई पूर्व निर्वाचन कर्मचारी तथा रास्वपा नेताको धम्की’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा पनौती निवासी नारायणबहादुर खड्कालाई रास्वपाका नेताका रूपमा प्रस्तुत गर्दै उहाँसँग सम्बन्धित व्यक्तिगत विवादलाई रास्वपासँग जोडेर समाचार सम्प्रेषण गरिएको भन्दै रास्वपा पनौती नगर कार्यसमितिले आपत्ति जनाएको हो।

    रास्वपा पनौती नगर सभापति दिनेश श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा खड्का पार्टीका आधिकारिक साधारण सदस्य नरहेको तथा कुनै पनि आधिकारिक समितिमा नरहेको स्पष्ट पारेको छ। व्यक्तिगत वा स्थानीय विवादलाई तथ्यगत आधार र आधिकारिक सम्बन्धको पुष्टि नगरी राजनीतिक दलसँग जोडेर समाचार प्रकाशित गर्दा आम नागरिकमा भ्रम सिर्जना हुनुका साथै सम्बन्धित व्यक्ति र राजनीतिक संगठनको प्रतिष्ठामा असर पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

    रास्वपा पनौती नगर कार्यसमितिले नेपालको संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकको सम्मान गर्ने जनाएको छ। तर पत्रकारितामा सत्य, तथ्य, विश्वसनीय स्रोत, सन्तुलन र सम्बन्धित पक्षको धारणा समेटिनुपर्नेमा जोड दिँदै कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा प्रत्यक्ष असर पार्न सक्ने गम्भीर आरोप प्रकाशित गर्दा त्यसको सत्यता, स्रोत र प्रमाणको उचित परीक्षण हुनुपर्ने जनाएको छ।

    समाचारको विषयलाई लिएर प्रेस स्वतन्त्रताको विरोध नभएको स्पष्ट पार्दै रास्वपाले अपुष्ट वा आधारहीन दाबीका आधारमा व्यक्ति वा राजनीतिक संगठनलाई जोडेर समाचार सम्प्रेषण गरिएकोमा आफ्नो आपत्ति रहेको जनाएको छ।

    रास्वपा पनौती नगर कार्यसमितिले सम्बन्धित सञ्चारमाध्यमबाट यथाशीघ्र तथ्यगत स्पष्टता र आवश्यक सुधारको अपेक्षा गरेको छ। अन्यथा प्रेस काउन्सिल नेपाल तथा सम्बन्धित निकायसमक्ष तथ्य र प्रमाणसहित छानबिन तथा कानुनी प्रक्रियाका लागि निवेदन दिने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    समाचार

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    काभ्रे खबर

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२३६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८३४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४५१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२८२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२७१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१५२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑