• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ मंसिर ११, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पत्रकारिता सरकारको प्रशंसा मात्र होइन, कमजोरी औँल्याउने र जवाफदेही बनाउने माध्यम पनि हो : मुख्यमन्त्री मगर

      १३ मिनेट अघि

      आज रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता, निर्वाचनदेखि अध्यादेशसम्म छलफल

      १ दिन अघि

      बेथान्चोक ३ मा बनेको भाइरल पुल (कल्भर्ट) को यथार्थता, सत्य, तथ्य नबुझ्दा अनाहकमा भाइरल बनाइयो – अध्यक्ष अधिकारी

      १ दिन अघि

      रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

      ६ दिन अघि

      भोलि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरको महिला भेला आयोजना हुँदै

      १ हफ्ता अघि

      श्वेत गणेश माविको नवनिर्मित आठकोठे भवन उद्घाटन

      १ हफ्ता अघि

      यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

      ३ हफ्ता अघि

      भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

      ४ हफ्ता अघि

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १ महिना अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १ महिना अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ महिना अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ महिना अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ महिना अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ महिना अघि
    in
    आज: २०८३ मंसिर ११, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    पत्रकारिता सरकारको प्रशंसा मात्र होइन, कमजोरी औँल्याउने र जवाफदेही बनाउने माध्यम पनि हो : मुख्यमन्त्री मगर

  • राजन दाहाल
  • २०८३ मंसिर ११, शुक्रबार (१३ मिनेट अघि)
  • १८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २६ मिनेट
  • काभ्रे/धुलिखेल 

    काभ्रेबाट संचालित मदानी बिट डटकमको चौथो वार्षिक उत्सवका अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्थानीय सञ्चार माध्यमको संरक्षण, सरकारी विज्ञापन वितरणमा निष्पक्षता, पत्रकारको श्रम अधिकार तथा प्रेस स्वतन्त्रताको सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    मदानी बिट प्रा.लि.द्वारा सञ्चालित मदानी बिट डटकमको चौथो  वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले लोकतन्त्र निर्वाचनबाट मात्र बलियो नहुने भन्दै नागरिकले सही सूचना प्राप्त गर्ने, सरकारका निर्णयबारे जान्ने र सरकारका कामको आलोचना गर्न पाउने वातावरण लोकतन्त्रको आधार भएको बताए।

    सरकारका राम्रा काम जनतासम्म पुर्याउनु सञ्चार माध्यमको भूमिका भए पनि सरकारका कमजोरी, ढिलासुस्ती र गल्ती उजागर गर्नु पत्रकारिताको जिम्मेवारी भएको उनको भनाइ थियो। सरकारको प्रशंसा गर्ने पत्रकार मात्र सरकारका मित्र नभई सरकारका कमजोरी औँल्याउने, प्रश्न गर्ने र आलोचना गर्ने पत्रकार पनि लोकतन्त्रका उत्तिकै महत्त्वपूर्ण साझेदार रहेको उनले बताए।

    सरकार र सञ्चार माध्यमबीचको सम्बन्ध लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, पारदर्शिता र सार्वजनिक जवाफदेहितामा आधारित हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले सरकारलाई सही बाटो देखाउने आलोचनात्मक र जिम्मेवार सञ्चार क्षेत्र आवश्यक रहेको बताए।

    ङ्घीय लोकतान्त्रिक व्यवस्थामा प्रदेश सरकार नागरिकको नजिकको सरकार भएकाले प्रदेशका नीति, योजना, बजेट, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारीका विषय जनतासम्म पुर्याउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे। प्रदेश सरकारले योजना बनाउने, बजेट विनियोजन गर्ने र कार्यक्रम सञ्चालन गर्ने भए पनि त्यसको वास्तविक प्रभाव जनतासम्म पुगेको छ कि छैन भन्ने विषय सञ्चार माध्यमले उजागर गर्नुपर्ने उनको भनाइ थियो।

    स्थानीय सञ्चार माध्यम आर्थिक संकटबाट गुज्रिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले स्थानीय रेडियो सञ्चालन गर्न कठिन भइरहेको, पत्रपत्रिकाको बजार खुम्चिँदै गएको तथा अनलाइन सञ्चार माध्यमलाई आर्थिक रूपमा टिकाइराख्न चुनौती थपिएको बताए। पत्रकारहरूले नियमित पारिश्रमिक नपाउने अवस्था पनि रहेको भन्दै स्थानीय सञ्चार माध्यम कमजोर हुँदै गए स्थानीय जनताको आवाज उठाउने, स्थानीय सरकारका कामको निगरानी गर्ने तथा गाउँका समस्या, किसानका पीडा र दुर्गम क्षेत्रका नागरिकका आवश्यकताबारे कसले बोल्ने भन्ने गम्भीर प्रश्न उठ्ने उनले बताए।

    स्थानीय सञ्चार माध्यमको संरक्षण र सम्बर्द्धन सञ्चार क्षेत्रको मात्र विषय नभई लोकतन्त्रको स्थानीय आधार बलियो बनाउने विषय भएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले बागमती प्रदेश सरकारले यस विषयलाई नीति र प्राथमिकतामा राखेको जानकारी दिए।

    सरकारी विज्ञापन वितरणमा देखिएको असमानताबारे बोल्दै उनले सरकारी विज्ञापन कुनै सञ्चार माध्यमलाई पुरस्कृत गर्ने वा दण्डित गर्ने माध्यम बन्न नहुने बताए। सार्वजनिक सूचना नागरिकसम्म पुर्याउने माध्यमका रूपमा सरकारी विज्ञापनलाई उपयोग गर्नुपर्ने भन्दै विज्ञापन वितरणमा राजनीतिक निकटता, व्यक्तिगत सम्बन्ध वा पहुँच नभई स्पष्ट मापदण्ड हुनुपर्नेमा उनले जोड दिए।

    सञ्चार माध्यमको प्रकृति, पाठक तथा दर्शकको पहुँच, भौगोलिक क्षेत्र, समाचारको प्रभावकारिता, नियमितता र वास्तविक कार्यक्षेत्रका आधारमा विज्ञापन वितरण गर्ने प्रणाली विकास गर्नुपर्ने उनले बताए। ठूला सञ्चार माध्यमले मात्र सरकारी विज्ञापन प्राप्त गर्ने र साना तथा स्थानीय सञ्चार माध्यम अवसरबाट वञ्चित हुने अवस्था अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो।

    बागमती प्रदेश सरकारका तर्फबाट सञ्चार क्षेत्रलाई उपयुक्त हुने विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी नीतिलाई थप पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइन सञ्चार माध्यमको न्यायोचित पहुँच सुनिश्चित गर्ने विषयलाई विशेष महत्त्व दिने बताए।

    पत्रकारिता पेशा मात्र नभई सार्वजनिक जिम्मेवारीसमेत भएको उल्लेख गर्दै उनले पत्रकार स्वयं असुरक्षित र आर्थिक रूपमा कमजोर हुनु दुःखद भएको बताए। समाचार सङ्कलनका क्रममा पत्रकारमाथि हुने धम्की, दबाब, दुर्व्यवहार र आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने भन्दै पत्रकारले निर्भीक भएर काम गर्न पाउनुपर्ने उनको भनाइ थियो।

    पत्रकारको श्रम अधिकारलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने भन्दै न्यूनतम पारिश्रमिक, नियमित तलब, दुर्घटना बीमा, स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको विषय सञ्चार संस्थाले जिम्मेवारीका रूपमा लिनुपर्ने उनले बताए। पत्रकारलाई समाचार उत्पादन गर्ने जनशक्तिका रूपमा मात्र नभई सार्वजनिक हितका लागि काम गर्ने श्रमजीवी पत्रकारका रूपमा पनि हेर्नुपर्ने उनले उल्लेख गरे।

    प्रविधिको नयाँ युगमा पत्रकारिता प्रवेश गरेको भन्दै मुख्यमन्त्री थापा मगरले इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) ले सूचना उत्पादन तथा वितरणको स्वरूप परिवर्तन गरिरहेको बताए। प्रविधिको विकाससँगै गलत सूचना, भ्रामक समाचार, अफवाह र कृत्रिम रूपमा तयार गरिएका तस्बिर तथा भिडियोको विस्तार चुनौतीका रूपमा देखा परेको उनको भनाइ थियो।

    पत्रकारिताको विश्वसनीयता छिटो समाचार दिने क्षमताले मात्र नभई तथ्यको पुष्टि, स्रोतको विश्वसनीयता, निष्पक्षता र जिम्मेवार समाचार सम्प्रेषणले निर्धारण गर्ने उनले बताए। कृत्रिम बुद्धिमत्ताले पत्रकारितामा नयाँ सम्भावना सिर्जना गरे पनि प्रविधिको प्रयोग गर्दा मानवीय विवेक, व्यावसायिक आचारसंहिता र तथ्य परीक्षणलाई बेवास्ता गर्न नहुने उनले उल्लेख गरे।

    बागमती प्रदेश सरकारले पत्रकारहरूको डिजिटल सीप विकास, तथ्य जाँचसम्बन्धी तालिम, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता र आधुनिक सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै सम्बन्धित संस्था तथा सरोकारवालासँग सहकार्य गर्ने सोच रहेको उनले बताए।

    प्रदेश सरकारले सूचनालाई नियन्त्रण गर्ने होइन, सूचनामा नागरिकको पहुँच विस्तार गर्ने नीति लिएको उल्लेख गर्दै प्रदेशभित्र सञ्चालनमा रहेका रेडियो, पत्रपत्रिका तथा अनलाइन सञ्चार माध्यमको वास्तविक अवस्था पहिचान गर्ने, सरकारी विज्ञापन तथा सूचना प्रणालीलाई पारदर्शी र समानुपातिक बनाउन स्पष्ट मापदण्ड विकास गर्ने तथा स्थानीय सञ्चार माध्यमको क्षमता, प्रविधि र आर्थिक दिगोपनाका लागि सम्भाव्य सहयोग र सहकार्यका कार्यक्रम अघि बढाउने उनले बताए।

    डिजिटल पत्रकारिता, तथ्य जाँच, एआईको जिम्मेवार प्रयोग र साइबर सुरक्षासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनलाई पनि प्रदेश सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो।

    पत्रकारिताको प्रतिष्ठा पत्रकार स्वयंको व्यावसायिक आचरणसँग जोडिएको भन्दै मुख्यमन्त्री थापा मगरले सत्यतथ्यमा आधारित समाचार, स्रोतको विश्वसनीयता, नागरिकको गोपनीयताको सम्मान तथा समाचार र विचारबीचको स्पष्ट भिन्नताले पत्रकारिताको गरिमा कायम गर्ने बताए। राजनीतिक विचार र सरकारप्रतिको दृष्टिकोण फरक हुन सक्ने भए पनि तथ्य र सत्यको मूल्य सबैका लागि समान हुनुपर्ने उनले उल्लेख गरे।

    पत्रकारिताले समाजमा निराशा मात्र नभई सम्भावना पनि देखाउनुपर्ने, सरकारका कमजोरी मात्र नभई सुधारका उपाय प्रस्तुत गर्नुपर्ने तथा नागरिकका समस्या मात्र नभई समाधानका सम्भावना पनि खोज्नुपर्ने उनले बताए।

    सरकारसँग प्रश्न गर्दा तथ्यमा आधारित प्रश्न गर्न सञ्चार क्षेत्रलाई आग्रह गर्दै मुख्यमन्त्री थापा मगरले सरकारलाई जवाफदेही बनाउने पत्रकारको भूमिकाले लोकतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए। सरकार, नेतृत्व र राजनीतिक परिस्थिति परिवर्तन हुन सक्ने भए पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन नसक्ने उल्लेख गर्दै सरकार अस्थायी भए पनि लोकतन्त्रका संस्था स्थायी महत्त्वका हुने उनको धारणा थियो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    आज रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता, निर्वाचनदेखि अध्यादेशसम्म छलफल

    बेथान्चोक ३ मा बनेको भाइरल पुल (कल्भर्ट) को यथार्थता, सत्य, तथ्य नबुझ्दा अनाहकमा भाइरल बनाइयो – अध्यक्ष अधिकारी

    रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

    भोलि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरको महिला भेला आयोजना हुँदै

    श्वेत गणेश माविको नवनिर्मित आठकोठे भवन उद्घाटन

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    समाचार

    पत्रकारिता सरकारको प्रशंसा मात्र होइन, कमजोरी औँल्याउने र जवाफदेही बनाउने माध्यम पनि हो : मुख्यमन्त्री मगर

    आज रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता, निर्वाचनदेखि अध्यादेशसम्म छलफल

    बेथान्चोक ३ मा बनेको भाइरल पुल (कल्भर्ट) को यथार्थता, सत्य, तथ्य नबुझ्दा अनाहकमा भाइरल बनाइयो – अध्यक्ष अधिकारी

    रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

    काभ्रे खबर

    पत्रकारिता सरकारको प्रशंसा मात्र होइन, कमजोरी औँल्याउने र जवाफदेही बनाउने माध्यम पनि हो : मुख्यमन्त्री मगर

    आज रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता, निर्वाचनदेखि अध्यादेशसम्म छलफल

    बेथान्चोक ३ मा बनेको भाइरल पुल (कल्भर्ट) को यथार्थता, सत्य, तथ्य नबुझ्दा अनाहकमा भाइरल बनाइयो – अध्यक्ष अधिकारी

    रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८३२९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७९०० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६५२३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३७२ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३७० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६२२८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑