• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      ६ घण्टा अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • राजन दाहाल
  • २०८० अषाढ १३, बुधबार (३ साल अघि)
  • ६२६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • काभ्रे / पनौती
    पनौती नगरपालिका दोस्रो कार्यकालका जनप्रतिनिधि आए देखि हालसम्म विवादै विवादले अगाडि बढेको छ । सपथ ग्रहणदेखि सुरुभएको मनमुटाव एक बर्ष सकिदा पनि जस्ताको त्यस्तै छ । हुनत स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन तरपनी पनौती नगरपालिकाका जनप्रतिनिधिहरु एक नहुदा पनौतीको बिकासमा धक्का लागेको स्थानीयहरु बताउँछन् । नगरपालिकामा हुने विभिन्न गतिविधि तथा नगर संचालनमा जनप्रतिनिधिबीच सहमति नजुट्दा नगरपालिकाको कार्यपालिका बैठक देखि नगर सभा समेत अबरुद्ध हुन पुगेको छ । नगरको समग्र बिकासको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेट ल्याउने जस्तो गरिमामय नगरसभामा बिरोध हुनु र बिरोध पछि सभानै स्थगित हुनु जनप्रतिनिधिहरुनै बिकासको विपक्षमा रहेको हो कि भन्ने आभास पनौतीका स्थानीहरुमा छाएको छ ।
    पनौती नगरमा पछिल्लो समयमा नगरसभानै स्थगित हुनेगरि भएको बिबाद भने सगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण (Organization and Management – O&M) रहेको पाइएको छ । हाल पनौती नगरपालिकामा २२ जना करारका कर्मचारी कानुन भन्दा बाहिर रहेर काम गरिरहेका छन् । उनिहरुलाइ अघिल्लो कार्यकालमै प्रमुख भिम न्यौपानेले नगरपालिकामा आफुखुसी दरबन्दी शृजना गरि करार कर्मचारीको रुपमा नियुक्ति गराउनु भएको थियो । तिनै २२ जना कर्मचारील बुझेको तलवलाई महालेखाले बर्षैपिछे बेरुजु निकाल्ने गरेको छ नगरपालिकाले जनाएको छ । O & M लागू गर्दा आफ्नो पालामा भर्ती गरेका कर्मचारीको जागीर जाने र कार्यकर्ता घट्ने हाउगुजी एतिखेर पनौती एमालेमा परेको छ । त्यसैले नगरसभाबाट पास हुन नदिन र पास भए बर्बाद हुन्छ भन्ने उद्देश्यले एमलेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभामा बिरोध जनाएका हुन ।
    पनौती नगरका नगर प्रमुख रामशरण भण्डारीले नगरको कार्यबोझ,राजश्व क्षमता, खर्चको आकार स्थानीय आवश्यकता आदिलाइ ध्यानदिइ कुन शाखामा कति कर्मचारी आवश्यक पर्दछ र कुन तहको कर्मचारीले कति मात्र सम्पादन गर्न सक्दछ त्यसको एकिन गर्नको लागि पनौती नगरमा O&M लागू गर्न आबश्यक रहेको र यसलाई नगरसभाबाट पारित गरि लागू गर्ने प्रक्रियामा अगाडि बढाउँदा एमाले भित्र रोइलो मच्ची विवाद झन चुलिएको हो ।
    स्थानीय सरकार सँचालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहमा कर्मचारी नियुक्ति गर्दा O&M गरेर मात्र कर्मचारि नियुक्ती गर्न पाउने व्यवस्था भएको र पनौतीको सवालमा महालेखा परीक्षकको कार्यालयले पनि विगत लामो समय देखि O&M नगरी कर्मचारी नियुक्ती गर्दा उनीहरुलाइ दिइएको सेवा सुविधा आर्थिक ऐन विपिरत हो भनी पटक पटक बेरुजु देखाउँदै आएको कारण आफुले लागु गरि नगर संचालन गर्न खोजेको नगर प्रमुख भण्डारी बताउनुहुन्छ ।
    स्थानीय सरकार संचालन ऐनको उपदफा ८ मा नगरले नगर प्रहरी, सवारी चालक, माली , बगैचे, परिचर आदि मात्र नियुक्ति गर्न पाउने व्यवस्था भएको र सँघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयको २०७४ चैत्र १४ को परिपत्रमा पनि करार कर्मचारी व्यवस्थापन कार्यविधि भन्दा बाहिर गइ नगरपालिकामा कर्मचारी नियुक्ती गरि रकम भुक्तानी गरेमा भुक्तानी भएको कर्मचारीबाट असुल उपर गरिने व्यवस्था भएको कारण यो विधि नगरमा लागू गर्नुपर्नेमा प्रमुख भण्डारीको जोड रहेको छ ।
    यस पनि वर्ष ८८ लाख ३३ हजार तलवमा वेरुजु देखाएकोले नगरमा O&M लागु गर्नुपर्ने आबश्यक रहेको बताउनुहुन्छ पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने । हाल कार्यरत कर्मचारीहरुमा O&M गर्यो भने त सबैको जागिर जान्छ भनेर भ्रम सिर्जना गर्न खोजिएको छ , यो कदापी होइन O&M पछि पनि वर्तमान कर्मचारीहरुबाट नै कार्यालय सँचालन हुने उहाँले बताउनुभएको छ । साथै उहाँले मात्र यसलाइ बैधानिकिकरण गर्न खोजिएको बताउनुभयो ।
    संविधान भन्दामाथी कोहि पनि जनप्रतिनिधि नहुने र नगरक नागरिकको हित र भलाइका लागि विधि, विधान र ऐनमा टेकेर नगरपालिका संचालित हुनुपर्ने कुरा जनस्तरबाट पनि उठ्न थालेको छ । असमझदारी भए आन्तरिक छलफलबाट समाधान खोज्नुपर्ने पनौतीबासिको भनाइ छ । बिरोधका लागि बिरोधमात्र गरेर समस्याको समाधान नहुने र बिकास गर्न भनी निर्वाचित गरेर पठाएको जनप्रतिनिधिहरु मिलेर पनौतीको बिकासमा लाग्नुपर्ने पनौतीका सचेत नागरिकहरुको गुनासो रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    समाचार

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    काभ्रे खबर

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८२२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑