• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ४ दिन अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ६ दिन अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      २ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ३ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      ३ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ३ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  कर्णाली

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

  • राजन दाहाल
  • २०८३ श्रावण १६, शनिबार (२ हफ्ता अघि)
  • ९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २८ मिनेट
  • बाजुरा

    बाजुराको बुढीनन्दा नगरपालिकाको वडा न १ स्थित हरिकवल बस्तीका बाढी पहिरो पीडितलाई श्याम फुलुमाया फाउन्डेसन, श्याम फुलुमाया हस्तकला उद्योगबाट राहत सामाग्री उपलब्ध गराइएको छ । बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दुःखमा साथ दिँदै राहत, शैक्षिक सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराएको फाउन्डेसनले बताएको छ ।

    गत जेठ १४ गतेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण बुढीनन्दा नगरपालिका–१ हरिकवल हलिया बस्तीका दर्जनौँ परिवार विस्थापित र समस्यामा परेका थिए। विपदको कठिन घडीमा श्याम फुलुमाया फाउन्डेसनद्वारा सञ्चालित श्याम फुलुमाया हस्तकला उद्योग तथा समाजसेवी श्याम सार्की मगराती ( हाल अमेरिका) को विशेष आर्थिक सहयोग र बुढिनन्दा नगरपालिका र वडा न १ को समन्वयमा ४२ घरपरिवारलाई दुई/दुई थान फाइबर सिरक, ४६ जना विद्यार्थीलाई विद्यालय पोसाक (ट्र्याकसुट) विद्यालय झोला, जुत्ता तथा पोषणयुक्त खाद्यान्न ( चामल ) वितरण गरिएको हो ।

    पीडित समुदायको जीवनयापन सहज बनाउन तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा निरन्तरता कायम राख्न फाउन्डेसनले सहयोग उपलब्ध गराएको बताएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले श्याम सार्की मगरातीले वर्षौंदेखि अमेरिकामा रहेर पनि जन्मभूमि र समाजप्रतिको उत्तरदायित्वलाई कहिल्यै नबिर्सिएको उल्लेख गरे। शिक्षा, स्वास्थ्य, विपद् , बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा उनले निरन्तर सहयोग गर्दै आएको भन्दै उनीहरूको समाजसेवा अनुकरणीय रहेको धारणा व्यक्त गरिएको थियो।

    फाउन्डेसनका सल्लाहकार राजन प्रसाद दाहालले संस्थाको तर्फबाट धारणा राख्दै श्याम सार्की मगरातीको पहलमा बाजुरा जिल्लाका १८ देखि ४० वर्ष उमेर समूहका युवालाई काभ्रेको पनौतीस्थित श्याम फुलुमाया हस्तकला उद्योगमा निःशुल्क सीपमूलक तालिम प्रदान गरिने घोषणा गरे। तालिममा सहभागी हुन स्थानीय सरकारको सिफारिस अनिवार्य हुने तथा तालिम अवधिभर प्रशिक्षार्थीले कुनै पनि खर्च व्यहोर्नु नपर्ने उनले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रमको उद्देश्य बाजुराका युवालाई सीपमार्फत आत्मनिर्भर बनाउने रहेको बताए ।

    राहत सामग्री प्राप्त गरेपछि हरिकवलका स्थानीयवासीले विपद्पछि आफूहरूलाई सबैभन्दा ठूलो साथ श्याम फुलुमाया फाउन्डेसनले दिएको प्रतिक्रिया दिएका थिए। महिनौँसम्म आफ्नो पीडाप्रति कसैले चासो नदिएको अवस्थामा फाउन्डेसनले गरेको सहयोगले ठूलो राहत मिलेको भन्दै उनीहरूले अमेरिका निवासी समाजसेवी श्याम सार्की मगरातीप्रति आभार व्यक्त गरे।

    समाजसेवी श्याम सार्की मगरातीले समाजमा रहेका विपन्न, अनाथ, टुहुरा बालबालिका तथा विपदबाट प्रभावित समुदायको सहयोगमा फाउन्डेसन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बाजुरालगायत देशका विभिन्न जिल्लामा शिक्षा, सामाजिक तथा आर्थिक विकासका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताएका छन् ।

    कार्यक्रममा बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा, वडा नं. ३ का अध्यक्ष एवं नगर प्रवक्ता जंगवीर रोकाय, वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष, नगर प्रमुखका स्वकीय सचिव केशरकुमार बोहरा, श्याम फुलुमाया फाउन्डेसनकी अध्यक्ष शोभा राना मगर, फाउन्डेसनका व्यवस्थापक भरत थापा, विद्यालय परिवार तथा बालबालिका, जनप्रतिनिधि, प्रहरी प्रशासन साथै स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमका वक्ताहरूले श्याम फुलुमाया फाउन्डेसनले मानवीय सेवा, शिक्षा, विपद् राहत तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सञ्चालन गर्दै आएका अभियानहरू समाजका लागि प्रेरणादायी भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    कर्णाली सम्बन्धि थप

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    समाचार

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    काभ्रे खबर

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८०० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४१७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२३९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१२९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑