• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ४, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ दिन अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ दिन अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ हफ्ता अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ३ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      ४ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ४, आईतबार
    होमपेज /  काभ्रे खबर

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

  • राजन दाहाल
  • २०८३ श्रावण ६, बुधबार (१ महिना अघि)
  • २४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती

    पनौतीमा अतिक्रमित संरचना स्थानीयले आफैं भत्काउन थालेका छन् । पनौती नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा, पसल तथा कवल हटाउन दिएको १५ दिने समयसीमा सकिन लागेसँगै स्थानीयले आफ्नै संरचना भत्काउन सुरु गरेका हुन्।

    नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत गत असार २६ गते १५ दिनभित्र अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो। यसअघि वैशाख २१ गते पहिलो चरणको सूचना प्रकाशित गर्दै संरचना हटाउन र खाली गर्न आग्रह गरिएको थियो।

    नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब ४४ वटा घरटहरा पहिचान भएका छन्। तीमध्ये रातो क्रस चिन्ह लगाइएका ५ वटा संरचना स्थानीयले आफैं भत्काउन थालेका छन्। विशेषगरी रोशी खोलाको किनार क्षेत्रमा रहेका अधिकांश घरधुरीले घर खाली गरी संरचना हटाउने काम सुरु गरेका छन् ।

    स्थानीय किरण कर्माचार्यले सार्वजनिक जग्गामै घर निर्माण गरेको स्वीकार गर्दै सरकारी सूचनापछि आफैं घर भत्काउन थालेको बताए। उनले भने, “हामीले सार्वजनिक जग्गामै घर बनाएका थियौं। सरकारले हटाउन सूचना जारी गरेपछि सामान सुरक्षित स्थानमा सारेका छौं र अहिले आफ्नै घर आफैं भत्काइरहेका छौं।”

    यद्यपि नगरपालिकाले दिएको समयसीमा साउन ८ गते सकिन लाग्दा बसपार्क क्षेत्र र बगरस्थित सुकुम्बासी बस्तीका केही घरटहरा आजका दिनसम्म पनि खाली गरिएको  छैन।

    यस विषयमा बुझ्न खोज्दा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सार्वजनिक सम्पत्तिको संरक्षणमा नगरपालिका कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारेका छन् ।

    उनले भने, “सार्वजनिक जग्गा संरक्षण गर्नु स्थानीय सरकारको कानुनी दायित्व हो। हामी राज्यको नीति र कानुनका निर्णयअनुसार अघि बढेका छौं। सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण कुनै पनि अवस्थामा स्वीकार्य हुँदैन, त्यसैले यो अभियानबाट नगरपालिका पछि हट्दैन।”

    नगर प्रमुख भण्डारीले वास्तविक सुकुम्बासीको हक संरक्षण गर्न नगरपालिका प्रतिबद्ध रहेको पनि बताए। “वास्तविक सुकुम्बासीलाई राज्यको नीतिअनुसार संरक्षण गरिन्छ। तर सुकुम्बासीको नाममा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्तिलाई भने प्रोत्साहन गरिँदैन,” उनले स्पष्ट पारे। समय सिमा भित्रै अतिक्रमण गरि बनाइएका घर, टहरा तथा पसलहरु खाली गर्न पनि उनले पुनः अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    समाचार

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    काभ्रे खबर

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२४० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८३९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४५५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२८९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२७७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑