• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ४ दिन अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ६ दिन अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      २ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ३ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      ३ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ३ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे क्षेत्र नं २ का मतदाता भन्छन्,‘भ्रष्ट हैन प्रष्ट नेता चाहिन्छ, काभ्रे २ मा शिव हुमागाईले मात्रै विकास दिन सक्छन्

  • सिरुपाते खबर
  • २०७९ कार्तिक ३०, बुधबार (३ साल अघि)
  • १०८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बनेपा
    कसैले एक जेष्ठ नागरिकलाई सोध्छन्, ‘चुनावको माहौल के छ, बा?’
    घरको पेटीमा टुसुक्क बसेका उनले जवाफ दिन्छन्, ‘राम्रो छ बाबु’
    फेरी उनलाई सोधिन्छ, ‘अरु के भइरहेको छ त ?’
    उनले जवाफ दिन्छन्, ‘ यो पटक शिब हुमागाई निर्वाचन लडेका छन् । रुख चिन्हमा छाप लगाउने, शिव हुमागाईलाई जिताउने, त्यही भइरहेको छ, ।’
    प्रश्नकर्ताले अरु भन्न नपाउँदै उनी भन्छन्, ‘विकास गर्या छ, हामीलाई बत्ती बालिदिए । हामी जो कोहिले समस्या पर्दा सम्झने नेता हुन् । अहिले सांसदमा उठेका छन् । उनलाई एक छाप नहानी हुदैन ।’
    गोकूल बास्कोटाबारे चाही के थाहा छ त बा ? प्रश्नकर्ताका सवाल भुइमा खस्न नपाउँदै उनी भन्छन्, ‘खै हामीलाई के थाहा र, भ्रष्ट्राचार गर्यो भन्छन् । हामी बुढालाई के थाहा ?’ अरुको वास्ता गर्दैनौ । जसले हामिलाई सहयोग गर्छ परेको बेला काम गर्छ उसैलाई चिन्ने हो ।
    काभ्रेका एक मतदातालाई गरिएको सवालमा उनले दिएको जवाफ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विशेष गरी टिकटकमा यो भिडियोले राम्रो चर्चा पाइरहेको छ ।
    भिडियोले केही कुरा संकेत गरेको छ, लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का साझा उम्मेदवार शिवप्रसाद हुमागाई, काभ्रेका विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । अर्को निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दा पनि जनताको समस्या बुझेर उनले विभिन्न विकाल्प अपनाएर गाउँ गाउँ सम्म विजुली बत्तीको व्यवस्थापन गरिदिए । अहिले धेरै गाउँका मतदाताले उनलाई विजुली बालिदिने नेताको रुपमा चिन्छन् । विकासको लागि निर्वाचन क्षेत्रले उनलाई फरक पर्दैन, त्यसकारण उनलाई भोट नहालिन हुँदैन । उनको जो सँग प्रतिस्पर्धा छ । उनको बारेमा देशभरका सबैले बुझेका छन् । काभ्रेका हरेक नागरिक (बालक देखि बृद्धासम्म)ले थाहा पाएका छन्, गोकुल बास्कोटा, ७० करोड भ्रष्टाचार काण्डमा मुछिएका व्यक्ति हुन्, उनको कारण काभ्रेको गलत पहिचान बनेको छ । काभ्रे र ७० करोड भन्ने शब्द अहिले पर्याय जस्तै बनिसकेको छ ।
    भिडियोमा ती बृद्धाले बताए जस्तै काभ्रेका धेरै टोल बस्तीमा शिवप्रसाद हुमागाईंको नेतृत्वमा विजुली बत्ती बलेको छ । उनका प्रत्यासी उम्मेदवार गोकुलप्रसाद बास्कोटाको गाउँ नयाँगाउँ देउपुरमा पनि हुमागाईकै नेतृत्वमा विजुली बलेको हो । जिल्लामा सडक निर्माण पुल निर्माण खानेपानी आयोजनासँगै न्युन दरबन्दी रहेका विद्यालयमा शिक्षक दरन्दी थप गर्नका लागि उनको विशेष पहल रहेको थियो । सेक्युरिटी प्रेस खरिद खरिदमा ७० करोड प्रकरण मुछिएका बास्कोटालाई नै काभ्रेमा ‘विकासका बादशाह’ भनेर गलत प्रचार गरिएपछि मण्डनदेउपुरकै एक चुनावी कार्यक्रमा गठबन्धनका उम्मेदवार हुमागाई यसो भन्न बाध्य भए, ‘विकासको बादशाह भनेर झुटो प्रचार गराइएको छ, गर्दै नगरेको काम ड्रोन उडाएर, भिडियो बनाएर देखाइएको छ, हेक्का होस्, गोकूलजी हजुरको घर जाने बाटो मैले बनाएको हो, उहाँको टोलमा बत्ती मैले बालेको हो ।’
    हुमागाईले दाबी गरेजस्तै, २०५६ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका उनले आफ्नो कार्यकालमा काभ्रेमा धेरै काम गरेका छन् । धेरै बस्तीमा उनकै नेतृत्व विजुली बलेको छ । २०५६ सालमा तत्कालिन क्षेत्र नं २ (हाल पनि प्रतिनिधी सभा क्षेत्र नं २ मा पर्ने सम्पूर्ण क्षेत्र) बाट प्रतिनिधी सभा सदस्य निर्वाचित शिवप्रसाद हुमागाईले काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको शुरुवात र पहल गरेका थिए । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका उनले आफू विजयी भएपछि त्यसलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने बताउँदै आएका छन् । बनेपा बहुप्राविधिक महाविद्यालय, सूचना प्रविधि पार्क निर्माणमा अहम भुमिका खेलेका हुमागाईको गुण बनेपावासीले विर्सेका छैनन् । भकुण्डे –तेमाल सडक, बनेपा–नाला भक्तपुर सडक, दाप्चा–पनौती–लामाटार–लुभु सडक कालोपत्रे आफू उनले नै शुरु गरेका हुन् । विकट क्षेत्र डाँडापारी पुग्ने खोपासी–तालढुङ्गा सडक, सिपाघाटको पुल, कोशिपारीको पुल, नौविसे फाँट, मल्पी –लिलावती, सिपाघाट सिंचाई उनका कार्यकालमा सम्पन्न भएका पछि सम्म सम्झने काम हो । नौंविसे फाँट, सिपाघाटमा शुरु गरेको सिँचाईको काम अहिले पनि स्थानीयले प्रशंसा गर्ने गरेका छन् ।
    यसअघि पनि काभ्रेको विकासमा योगदान गरेका शिवप्रसाद हुमागाईले आफू निर्वाचित भएपछि प्राथमिकतामा राखेर गर्ने कामको सूची पनि तयार गरिसकेका छन् । पाँचखालको सेज, पाँचखालकै बृहत्तर खानेपानी, काभ्रे एकिकृत खानेपानी, मण्डन उपत्यका खानेपानी आयोजना, हिले जलजले बहुृउद्धेश्यीय ताल, हवेली–सिमथली –बेखसिम्ले सडक, बनेपा–पनौती–खोपासी–ढुर्खक–च्याम्राङबेशी हुँदै प्रदेश रजधानी हेटौंडा जोड्ने सडक पुरा गर्ने उनको योजना छ । ‘तपाईहरु मत दिनुहोस हामी विकास दिन्छौं । काभ्रेली माटोको कसम खाएर भनेको छु जिल्ला र जिल्लाबासीको इज्जतमा दाग लाग्ने कुनै काम गर्ने छैन, हुमागाई बताउँछन् ।’
    लामो समयदेखि राजनीतिमा सकृय, केन्द्रमा पहुँच राख्ने, काभ्रे कांग्रेसको नेतृत्व गर्दै केन्द्रीय सदस्य समेत भइसकेका, पूर्व सांसद, अनुभवी राजनीतिज्ञ उम्मेदवारको रुपमा पाउँदा मतदाता पनि खुशी छन् । चुनावी अभियान लिएर घरदैलो पुग्दा उनीसहित गठबन्धनका उम्मेदवारले न्यायो स्वागत पाइरहेका छन् । बाक्लो उपस्थिती, बाजागाजा, घर घरमा घडा, गालाभरी मालाले हुमागाईको उम्मेदवारीमा स्थानीयले साथ दिइरहेका छन् । वेदाग रुपमा निष्ठा र इमान्दारिताको राजनीति गरिरहेका हुमागाईलाई मतदाताले प्रतिनिधी सभा सदस्यको रुपमा हेर्न चाहेका छन् । ‘पहिला जित्दा पनि विकासका धेरै काम गर्नुभयो, अब पनि यस्तै गर्नुहोला,’ बनेपाको घरदैलोमा एक मतदाताले भने, ‘त्यही कारण तपाईलाई यसकारण जिताउनैपर्छ, हामी भ्रष्ट हैन, प्रष्ट नेता चाहन्छौं, तपाईको विकल्प छैन ।’

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    समाचार

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    काभ्रे खबर

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८०१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४१८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑