• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  काभ्रे खबर

    बास्कोटाको वडामा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत ‘चुनाव हार्ने डरले गोकूलजी निदाउन छोड्नुभयो’

  • सिरुपाते खबर
  • २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
  • ५९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चैनपुर ९मण्डनदेउपुर

    ÷ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाको वडामा भव्य स्वागत भएको छ । मंगलबार बिहान बाँस्कोटाको वडा मण्डनदेउपुर नगरपालिका वडा नं ४ ९साविक नयाँगाउँ देउपुर० मा गठबन्धनतर्फ प्रतिनिधि सभा उम्मेदवार शिव प्रसाद हुमागाई र प्रदेश सभा उम्मेदवार कञ्चन चन्द्र बादेलाई स्थानीयले फूलमालासहित स्वागत गरेका हुन् ।
    कार्यक्रमललाई संवोधन गर्दै गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अघिल्लो पटक निर्वाचित संघीय सांसद विभिन्न काण्डमा मुछिएको भन्दै प्रदेशको बजेटमा भएका विकासका कामलाई संघको प्रचार गरेर भ्रम फैलाइएको बताए । ‘विकासवादी नारा लगाउँदै आएका नेताको घरमा मैले पोल पठाएर बत्ति बालिदिएको हुँ,’ उनले भने, ‘अहिले प्रदेश सरकार र सांसदबाट भएको काम समेत आपूmले गरेको भन्दै भ्रम छर्ने काम भइरहेको छ ।’ आफू निर्वाचित भएपछि जनताको घरदैलोमा विकास निर्माण अघि बढाउने हुमागाईले प्रतिबद्धता व्यक्त गरेका छन् । चुनाव हार्ने डरले गोकुल बास्कोटा निदाउन छोडेको पनि हुमागाईले बताए । ‘विकासको कामले आफूलाई निन्द्रा नपरेको बताउन थाल्नुभएछ,’ हुमागाईले भने, ‘उहाँ विकास निर्माणका कुराले हैन, चुनाव हार्ने डरले निदाउन छाड्नुभएको हो, बर्बराउन थाल्नुभएको हो ।
    गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र बादेले आफू भ्रष्टाचारका कुनै पनि काण्डमा नमुछिने भन्दै जनतालाई आश्वस्त पारे । उनले आफ्नो अघिल्लो कार्यकालमा संविधान र विकास दिएको भन्दै यो पटक निर्वाचित गराउँदा थप काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘बनेपालीको ज्वाई’ भएकोले भोट आउने विपक्षीले भ्रम छरेको भन्दै प्रजातन्त्रवादीको किल्ला बनेपाले संविधान मास्नेलाई भोट नदिने प्रष्ट पारे । बास्कोटाको गृह नगर मण्डनदेउपुरमा नै ‘गठबन्धन हाइहाइ, ७० करोड बाइबाइ’ चुनावी नारा लगाइएको थियो ।
    चुनावी अभियानमा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली कांग्रेसका नेता अच्युत पौडेल, प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार नेपाली कांग्रेसका सुरकृष्ण बैद्य र नेकपा एकिकृत समाजवादीका दिलकुमार तामाङका साथै गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑