• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण ३, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ दिन अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण ३, आईतबार
    होमपेज /  काभ्रे खबर

    पर्यटनबाट आर्थिक सम्बृद्धि खोज्दै रोशी गाउँपालिका

  • सिरुपाते खबर
  • २०७९ फागुन २८, आईतबार (३ साल अघि)
  • ७२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रोशी
    रोशी गाउँपालिकाले पालिकाको आर्थिक समृद्धिका लागि पर्यटन महत्व दिएको छ । पालिकाले आगमी आर्थिक वर्षको अन्त्यसम्म पर्यटनबाट बार्षिक एक करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । पालिकाले आवधिक योजनामा बार्षिक एक करोड आम्दानी गर्नुको साथै पर्यटनको क्षेत्रबाट कम्तीमा ७० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने योजना बनाएको छ । पालिकाले पर्यटनको विकासको लागि रोशी तथा आसपासका क्षेत्रका पर्यटकीय गन्तव्यहरुको पहिचान गरिरेको जनाएको छ । पर्यटन पूर्वाधार विकास गर्ने, गाउँपालिकाको पर्यटन प्रर्वद्धन रणनीतिक योजना तयार पार्ने, महाभारत लेकमा रहेको उच्च पहाडी गोरेटोलाई घ्याङडाँडा देखि ताराखसेलेक पर्यटकीय पैदल मार्गको रुपमा विकास गर्ने, पालिकाभित्र रहेका पर्यटकीय स्थल र सम्पदाको संरक्षण गर्ने योजना अघि बढाएको गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवाले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाभित्र पर्यटन विकास गर्नका लागि अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले तयार गरेको पर्यटनको योजनालाई प्रदेश सरकार र सङ्घीय सरकारमा पठाएको बताउनुभयो । वाइवाले ताराखसे, आहाले लेक, तीनधारे झरना, घ्याङलेकमा पर्यटनको ठुलो सम्भावना रहेको उल्लेख गर्दै गाउँपालिकाभित्र पदमार्गको लागि क्षेत्र पहिचान, अध्ययनको काम गरिने बताउनुभयो । “गाउँपालिकाको तीनधारे झरना, आहाले लेक, ताराखसे लेक, निगाले डाँडा, चौकीडाँडा, सुँगुरे, भूमिचुली, घोडेचुली, घ्याङलेख, चैतेपानीलेकसम्म पदमार्ग बनाउन सकिन्छ” उपाध्यक्ष वाइवाले थप्नुभयो । रोशी गाउँपालिकामा हाल बार्षिक करिब एक सयको हाराहारीमा बाह्य र पाँच सय भन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको तथ्याङ्क छ । गाउँपालिकामा पर्यटनबाट करिब पाँच लाख आय प्राप्त हुनुका साथै सात जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको गाउँपालिकाको तथ्याङ्क रहेको छ । आवधिक योजना तयार गर्दा गाउँपालिकामा हाल होटल तथा होमस्टेमा गरी दुई दर्जन संचालनमा रहेका छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षको अन्त्य सम्ममा गाउँपालिकाभित्र बार्षिक पन्ध्र सय आन्तरिक, १५० जना वैदेशिक पर्यटक, ३० वटा होटल तथा होमस्टे सुचारु गराउने लक्ष्य लिएको छ । यस्तै गाउँपालिकाभित्र पर्यटकीय गन्तव्य स्थल (प्राकृतिक तथा सांस्कृतिक) सात वटा पु¥याउने, प्रत्येक वडामा एक एकका दरले १२ वटा पिकनिक स्थल ÷ सार्वजनिक उद्यानको निर्माण, महाभारत पदयात्रा मार्गको निर्माण, पर्यटन व्यवसाय सम्बन्धित २० जना दक्ष जनशक्ति तयार गर्ने लक्ष्य राखेको छ । पालिकामा पर्यटन सूचना केन्द्र, दुईवटा संग्रहालय र दुई वटा कोशेली घर स्थापना, पर्यटन क्षेत्रसँग सम्बन्धित स्थानीय संघ ÷ संस्थाहरू को संस्थागत क्षमता विकास गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले पछिल्लो वर्षदेखि गाउँपालिकाका विभिन्न वडाहरुमा पर्यटकीय विकासका लागि भ्यू टावर निर्माण, डम्फु जीवन्त तामाङ सङ्ग्राहलय निर्माण गरेको छ । रोशी गाउँपालिकाभित्र १३ वटा प्रमुख पर्यटकीय स्थलमा रहेका छन् । गाउँपालिकाभित्र ताराखसे लेक, हात्ति आहाल, सितापाईला, मंगलटार बजार आदि यसैगरी ऐतिहासिक स्थलहरूको रुपमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७३० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१६१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०६० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑