काभ्रे
जिल्ला निर्वाचन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै अनलाईन प्रविधि मार्फत मतदाता नामावली संकलनका लागि फारम भरेका सर्वसाधरणलाई कार्यालयमा आउन समय सिमा ताकेको छ । जिल्ला निर्वाचन कार्यालयले औंठा छाप तथा फोटो खिच्नको लागि आवेदन मिति पहिले नै निर्धारण भएका व्यक्तिहरुले भोली औठाछाप र फोटो लिइने बताएको छ ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता बन्द गरिएको छ । हिजो बसेको मन्त्री परिषद् बैठकले २०७९ साल मंसिर ४ गते आईतबार प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकेपछि मतदाता नामावली संकलन कार्य भने आजबाट बन्द भएको छ । आजबाट मतदाता नामावली संकलन, मतदाता नामावली सार्ने र त्रुटीहरु सच्याउने आदि सम्पुर्ण कार्य बन्द भएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।