काभ्रे
पछिल्लो २४ घण्टामा काभ्रेमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा २१ जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन् । पछिल्ला २४ घण्टामा गरिएको ९१ वटा परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले ८६ जना महिला र ४० जना पुरुष गरी १ सय २६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आम नागरिकमा अनुरोध गरेको छ ।