काभ्रे,
काभ्रेको महाभारत गाउँपालिकामा बर्षायामको समयमा नागरिक बाढी र पहिरोको जोखिमा रहन बाध्य हुने गरेका छन् । पहिरोको कारण १ वर्ष देखी महाभारत – वडा न ४ स्थित बुढानिलकण्ठ आभारभुत विद्यालयको अवस्था अस्तव्यस्त भएकोे छ । भौगोलिक रुपमा विकट मानिने काभ्रेको महाभारत गाउँपालिका ४ बुढाखानीको जंगलनजिकै रहेको बुढानिलकण्ठ आधारभुत विद्यालय २०७८ साल असोज ६ गतेको पहिरोले पूर्ण रुपमा भत्किएको एक बर्ष पुरा हुन लागेको छ। पहिरोले पूर्ण रुपमा भत्किएको एक बर्ष पुरा हुनै लाग्दा पनि विद्यालय भवन अझैसम्म पनी पक्की रुपमा निर्माण हुन सकेको छैन । यसले गर्दा उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको पढाईमा प्रत्यक्ष रुपमा असर परेको छ ।
जेनतेन पुननिर्माण पछि अहिले एउटै कोठामा सबै कक्षाका विद्यार्थी राखेर पढाउने गरिएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्मकाविद्यार्थी एउटै कक्षामा बसेर पढ्दा कक्षाकोठाका पढाईको समयमा धेरै हल्ला हुने हुदा पढाईमा धेरै असर पुगेको कक्षा ५ मा अध्ययनरत अनिसा मुक्तानले बताउछिन। अहिले यस विद्यालयमा शिशु कक्षाका सहजकर्ता देखी प्रधानाध्यापक सहित ३ जना शिक्षक रहेका छन् । विद्यालयको भौतिक व्यवस्थापनमा लागिरहेको बिद्यालयका प्रधानाध्यापक टेक बहादुर तुम्सीङ मगरको भनाइ रहेको छ ।