काभ्रे, रोशी गाउँपालिका ७ कटुन्जेमा आज महिलाको पाठेघरको मुखको क्यान्सर रोग सम्बन्धि एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न भएको छ । रोशी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना एवं नेपाल अस्ट्रेलियन सर्भेकल फाउन्डेसनको समन्वयनमा आज एक दिने घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा महिलाहरूको आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार गरिएको छ ।भबिस्यमा हुनसक्ने क्यान्सर रोगको रोकथाम तथा उपचारका लागि आयोजना भएको यस शिबिरबाट रोशीका महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित भएको महिला बालबालिका शाखाको प्रमुख प्रज्वला राइले जानकारी दिएकि छिन् ।
कार्यक्रममा विशेषज्ञ चिकित्सक, गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबा, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ, स्वास्थ शाखा प्रमुख गङ्गा लाल श्रेष्ठ लगायको उपस्थित रहेको थियो ।
यसैबिच सोहि अवसरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर पनि सन्चालन भएको छ । जसबाट १२४ जना नागरिकहरुले प्रत्यक्षरुपमा सेवा पाएको रोशी गाउँपालिका आयुर्वेद शाखा प्रमुख सबिता गौतमको जानकारि दिएकि छिन् ।