काभ्रे
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय २६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले ३ सय २० स्थानीय तहमा जित हासिल गरेको छ भने ६ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले १ सय ९७ पालिकामा विजयी हुँदा ९ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ २९ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने २ स्थानीय तहमा अगाडि छन् । जनता समाजवादी पार्टी (जसपा)ले २९ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १४ स्थानमा विजयी हुँदा २ स्थानमा अगाडी छ ।