काभ्रे
सबै दलहरुको नजरमा रहेको पनौती नगरपालिकाको मेयर पदका लागि भिम न्यौपानेले दोश्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका छन्।। नेकपा एमालेको तर्फबाट न्यौपानेले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्। यस्तै एमालेबाटै पुर्व उपमेयर गीता बन्जाराले पुनः उपमेयर पदकै लागि आफ्नो मनोनयन दर्ता गराएकि हुन ।पनौती नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मेयर र उपमेयरले मनोनयन दर्ता गराएका छन्। समृद्ध पनौती निर्माणको अभियानलाई सार्थक बनाउन आफु पुनः मेयर पदका लागि उम्मेद्वारी दर्ता गरेको न्यौपानेले बताएका छन्।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आईतबारदेखि सुरु भएको मनोनयन दर्ता प्रकिया सम्पन्न भएको छ।