• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      २३ घण्टा अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २३, मंगलबार
    होमपेज /  काभ्रे खबर

    नमोबुद्धमा आगलागी नियन्त्रणबारे तीन दिने तालिम सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ बैशाख ७, बुधबार (४ साल अघि)
  • ७९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • भकुण्डेबेशी
    आगलागीबाट बर्सेनी हुने गरेको क्षति न्यूनिकरणका लागि अग्नि नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम आज मंगलबार भकुण्डेबेशीमा सम्पन्न भएको छ ।
    नमोबुद्ध नगरपालिकाको आयोजनामा भएको तालिममा नगरपालिकामा कार्यरत नगर प्रहरी तथा सवारीचालक १५ जना, नेपाली सेनाबाट १५ जना तथा जिल्ला वन कार्यालयबाट खटिएका अग्नि नियन्त्रक ५ जना गरी ३५ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका बरिष्ठ अधिकृत अरुणकुमार आचार्य, जुद्ध वारुणयन्त्र भक्तपुर कार्यालय प्रमुख विजय धौभडेल र जुद्ध वारुण यन्त्रमा कार्यरत अग्नि नियन्त्रकहरुले प्रशिक्षण दिएा थिए । उनीहरुलाई सैद्धान्तिकका साथै व्यवहारिक प्रशिक्षण दिइएको थियो ।
    सहभागीहरुलाई घर तथा जंगलमा आगलागी हुँदा तथा पेट्रोलियम पदार्थमा आगलागी हुँदा, ग्यास चुहावटका कारण हुने आगलागी नियन्त्रणको तरिका सिकाइनुका साथै आगलागीका घटनाबाट घाइते हुनेहरुको उद्धार गर्ने तरिकाका विषयमा प्रशिक्षण दिइएको थियो । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिकामा बर्सेनी आगलागीका ठूला घटना हुने गरेको भन्दै यस्तो किसिमको तालिमका कारण त्यसको न्यूनिकरण र नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘नगरपालिकामा हुने आगलागीसहितका विपदका घटनालाई न्यूनिकरणका लागि विगतमा पनि यस्ता तालिमसहितको जनशक्ति तयार पारिएको थियो’, तिमल्सिनाले भने, ‘दमकल लगायतका आवश्यक व्यवस्थापन गर्दै थप प्रशिक्षण नगरपालिकाले दिइरहेको छ ।’
    तालिम समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आगामी दिनमा आउनसक्ने विपदका घटनाबाट हुने जोखिम न्यूनिकरणका लागि तालिम फलदायी हुने बताए । उनले आफूले पाएको ज्ञान र सीपलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न तालिमका सहभागीहरुलाई आग्रह गरे ।
    नमोबुद्ध नगरपालिकामा यस बर्षको हिउँदयता मात्रै पाँचवटा आगलागीका घटना भइसकेका छन् । अघिल्लो बर्ष नगरभित्रका सार्वजनिक तथा सामूदायिक वनमा दुई दर्जन भन्दा बढी आगलागीका घटना भइसकेको नगरपालिकाका सामाजिक परिचालन संयोजक श्याम खनालले जानकारी दिए । तालिमका सहभागीहरुले नगरपालिका परिसर तथा जनक माविमा आगलागी नियन्त्रण, घाइतेको उद्धारका विषयमा नमुना प्रदर्शनीसमेत गरेका थिए ।


    तालिमको क्रममा सहभागीहरुसँग लिखित एवं अभ्यासमुलक परिक्षासमेत लिइएको थियो । जसमा दीपक मैनाली पहिलो, विशालकाजी श्रेष्ठ दोस्रो र शंकर अधिकारी तेस्रो भए । सोही क्रममा जनक माविमा अध्ययनरत विद्यार्थीहरुलाई समेत आगलागी नियन्त्रणका विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    समाचार

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    काभ्रे खबर

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२२१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८२३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑