काभ्रे
पनौती नगरपालिका वडा नं ७ मा ४ दिने प्राथमिक स्वास्थ्य शिविर संचालन भएको छ । पनौती जेसिजको मुख्य आयोजना, पनौती सोसाइटी ग्रुप तथा पनौती पर्यटन विकास केन्द्रको सह आयोजनामा शिबिर संचालन भएको थियो । शिबिर संचालनमा प्राबिधिक सहयोग भने कम्युनिटी वेल्नेस सेन्टर बनेपाको रहेको थियो । त्यस्तै पनौती नगरपालिका स्वास्थ्य शाखाको विशेष सहयोगमा शिवर संचालन भएको हो ।
शिविरमा सुगर, प्रेसर लगायत परीक्षण गरि आबश्यक्ता अनरसार औषधी वितरण गरिएको थियो । गत चैत्र २८ देखि वैशाख १ गते सम्म संचालित शिवरबाट कुल २ सय ३७ जनाले सेवा लिएको आयोजकले जनाएको छ ।