काभ्रे
जिल्लाको रोशी गाउँपालिका महिला बालबालीका तथा जेष्ठ नागरिक शाखाको सहकार्यमा तामाङ चिकित्सक समाजको आयोजनामा एक दिने बृहत नि शुल्क जेष्ठ नागरिक स्वास्थ शिविर सञ्चालन भएको भएको छ । शिविरमा साधारण स्वास्थ्य परिक्षण,हाडजोर्नी ,आँखा , मुटु , फोक्सो, स्त्रीरोग जाँच तथा भिडियो एक््स्रे सेवा प्रदान गरिइएको थियो । शिविर बाट १५० जना जेष्ठ नागरिकहरु लाभान्वित भएका छन् ।
सिविरमा मन्तव्यको क्रममा पालिकाका अध्यक्ष डि बि लामाले रोशीका नागरिकको आधारभुत आवश्यकता परिपुर्ति गर्ने सिलसिलामा गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सेवाको उदेश्य ऐना जस्तै छर्लङ भएको बताउदै कोरोनाको माहामारिमा तामाङ डाक्टर संघले निभाएको भुमिका प्रती हर्दिक आभार व्यक्त गरेका छन ।
गाउँपालिकाका अध्यक्ष डि बि लामाको प्रमुख आथिथ्यतामा भएको सिविरमा उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौला, गाउँपालिकाका प्रवक्ता पदम लामा, वडा नम्बर ६ र, ८ का वडा अध्यक्ष , तामाङ चिकित्सक समाजका अध्यक्ष , महिला बालबालिका शाखाकी प्रमुख प्रज्वला राई, वरिष्ठ हाडजोर्नी विषेशज्ञ डाक्टर चन्द्र शेखर, ९ नम्बर वडाका सचिब सुवास आले लगायत उपस्थित भएका थिए ।