सिरुपाते शब्दले नेपाली संस्कृतिमा गहिरो अर्थ बोकेको छ।
सिरु नामक बोटको पातलाई जनाउँदै, यो शब्दले नेपाली परम्परागत सिरुपाते खुकुरीलाई पनि संकेत गर्दछ।
सिरुपाते खुकुरी आफ्नो सिधा र पातलो ब्लेडको कारण अन्य खुकुरीभन्दा फरक र विशेष मानिन्छ। यसले नेपालीहरूको चातुर्यता, साहस, र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्छ।
सिरुपाते मिडियाले यही भावनालाई आफ्नो मूलमन्त्र बनाएर नेपाली समाजको सत्य र सन्तुलित सूचना प्रवाह गर्ने उद्देश्य लिएको छ। नेपाली जनजीवनका हरेक पक्षलाई उजागर गर्दै, सिरुपाते मिडियाले देशको समृद्धि र शान्तिको यात्रामा महत्वपूर्ण भूमिका खेल्न चाहन्छ।
तस्वीरहरु च्याटजिपिबाट बनाइएका हुन् ।