काठमाडौँ : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठले पेशीमै सेटिङ हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न लागु गरिएको गोला प्रथाको विपक्षमा उभिएका छन्। संसदीय सुनुवाइ समितिमा मङ्गलवार उनले यसले सर्वोच्चसँगै उच्च र जिल्ला अदालत समेत केही वर्षमै डुब्ने धारणा राखेका थिए। सुनुवाइका क्रममा सांसदहरूले सर्वोच्च अदालतमा पेशी तोक्न अवलम्बन गरिएको गोला प्रथा ठिक कि बेठीक भनी प्रश्न गरेका थिए। त्यसको उत्तरमा उनले यस्तो धारणा राखेका हुन्।