• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २६, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      २ दिन अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      ३ दिन अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      २ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      ३ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २६, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    रोशी गाउँपालिका परिसरमा सरसफाई

  • सिरुपाते खबर
  • २०८० भाद्र २२, शुक्रबार (३ साल अघि)
  • १४६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • रोशी
    जिल्लाको रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरेका छन् । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्र्तराष्ट्रिय साक्षरता दिवस र डेंकु बिरुद्धको राष्ट्रिय अभियान ‘खोज र नष्ट गर’ अभियानको अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूले संयुक्त रुपमा कार्यालय परिसर सरसफाई गरेका हुन् । परिसरमा प्लाष्टिकजन्य फोहरहरू संकलन गरी सफा गरेको हो ।
    परिसर सरसफाई पश्चात शुभकामना आदनप्रदान कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जनताले अनुभुत गर्ने खालको सेवा प्रवाह गर्नुपर्ने बताए । ‘हामीले काम गरीरहेका छौँ, तर जनताले स्थानीय तहबाट सेवा पाईरहेको अनुभुत गरेको छैन भने निरर्थक हुन्छ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘जो सेवाग्राही छ, जो टार्गेट ग्रुप छ उनिहरूले सेवा पाईरहेको छ भन्ने फिलिंस आउने गरी काम गर्नु पर्छ । त्यसमा कर्मचारी साथीहरूले मध्यनजर गरी काम गर्नुहोला ।’ राज्यहरूको उदयदेखि नै निजामती कर्मचारीको शुरुवात भएको उनको भनाई छ । राज्यले लिएको लक्ष र उद्देश्य प्राप्त गर्नको लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुने लामाले बताए । जनप्रतिनिधिहरूले निति नियम निर्माण गर्ने र कर्मचारीले कार्यान्वयन गर्ने उनको भनाई छ ।
    आगामी फागुन २७ गते रोशी गाउँपालिकाको स्थापना दिवसको अवसरमा गाउँपालिकाको कर्मचारीहरू मध्येबाट कार्यसम्पादनमा उत्कृष्ठ भएका कर्मचारीलाई सम्मान गर्ने कार्ययोजना रहेको लामाले बताए । सो सम्मानमा पर्ने गरी काम गर्न कर्मचारीहरूलाई अनुरोध गरे ।
    निजामती संघीय ऐन आउने तयारीमा रहेकै वेला सेवाको भन्दा अलि बढी सुविधाको कुरा उठाएर बिरोध उठाएको लामाले बताए । सेवाको आधारमा सुविधा दिने भएकाले सेवा र सुविधालाई सँगै उठाउनुपर्ने लामाले बताए ।
    गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले नेपाल सरकारको लक्ष पूरा गर्न निजामती सेवा दिवसले सफलता प्राप्त होस भन्ने कामना गरेका छन् । ‘नेपाल सरकारको जो लक्ष छ, सुशासन कायम गर्ने, सामाजिक न्याय प्रधान गर्ने र समृद्धिको लक्ष यस दिवसले पूरा गर्न सकोस ।’ उपाध्यक्ष वाईबाले भने ।
    संघीयता पूर्ण रुपमा लागु नभएको उपाध्यक्ष लामाले जानकारी दिए । तीन तहको सरकार बनेपनि अझै स्थानीय तहलाई पूर्णरुपमा अधिकार नदिएको उनको भनाई छ । स्थानीय तहलाई अझै प्रदेश र संघले लगाम लगाई रहेको उनले बताए ।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले कार्यालय परिसरलाई सरसफाई गरी वातावरण अनुकुल बनाउनुपर्ने बताए । सेवाप्रवाह गर्ने स्थान सफा भए मात्र काम गर्न जाँगर चल्ने उनको भनाई छ । त्यही कारण निजामती सेवा दिवस, अन्तराष्ट्रिय साक्षर दिवसको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए ।
    २०७६ सालमा रोशी गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएको थियो । अझै सतप्रतिशत साक्षर भने भईनसकेको उनको भनाई छ ।
    सार्वजनिक सेवामा जनप्रतिनिधि र कर्मचारी दुवै मिलेर अगाडी बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । जनप्रतिनिधि इलेक्टेड हुन्छ भने कर्मचारी ननईलेक्टेड हुने तर दुवै सेवाको लागि आएको उनले बताए ।
    गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार तामाङले निजामती कर्मचारीले सेवाग्राहीलाई मुस्कानसहित सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । प्रहरी मेरो साथी भने जसरी नै कर्मचारी मेरो जस्तो भएर काम गर्नु पर्ने उनको भनाई छ । ‘कर्मचारीले मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्छ । प्रहरी मेरो सोथी भने जस्तै कर्मचारी मेरो साथी जस्तै गरी सेवाग्राहीलाई सेवा दिनुसक्नुपर्छ ।’ तामाङले भने, ‘अनि मात्र जनताले गाउँ–गाउँमा सिंहदरबार आएको महशुस गर्नसक्छ ।’ कर्मचारी स्थायी सरकार भएको तामाङले बताएका छन् । राष्ट्रिय गौरवका योजनाहरू प्रदेश सरकार र संघ सरकारले गर्नुपर्ने र साना आयोजनाहरू संघ सरकारले गर्नुपर्ने प्रवक्ता तामाङले बताए ।
    संघीय शिक्षा ऐन ड्राफ्ट भैरहेको अवस्थमा शिक्ष नीति तयार भैसकेको र शिक्षा कार्यविधि बनाईरहेको बताए । बन्दै गरेको शिक्षा नीतिले रोशी गाउँपालिकामा साक्षरता एक सय प्रतिशत बनाउने उनले बताए ।
    सो अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूको स्वास्थ्य परिक्षण पनि गरेका थिए । गाउँपालिकाको स्वास्थ्य शाखाका प्राविधिकहरूले ब्लडप्रेसर, मधुमेह, तौल, मुटुको धड्कन आदि परिक्षण गरेका थिए ।
    योजना शाखाका प्रमुख रामबहादुर लामाल सञ्चालन गरेको कार्यक्रममा प्रशासकीय अधिकृत धनबीर लामाले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम लगायत गाउँपालिकाका विभिन्न शाखाका शाखाप्रमुखसहि कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    समाचार

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    काभ्रे खबर

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२२८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८३१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४४६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२७७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२६६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑