काभ्रे,
रोशी गाउँपालिका, गाउँ सभाको १२ अधिवेशन आज गाउँपालिका अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा सम्पन्न भएको छ । उपाध्यक्ष मिमबहादुर वाईवाद्धारा विनियोजन ऐन २०७९ को संशोधन प्रस्ताव पेश गरी प्रवक्ता वसन्त कुमार तामाङ द्धारा अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको हो । जसमा आ।व। २०७९।८० को वित्तिय प्रगति संघिय सरकार द्धारा वास्तविक आय २१, ९४,२५,०००। र खर्च १५,२४,५८,०००। भएको बताउनुभयो । प्रदेश सरकारद्धारा वास्तविक आय ३,८३,९४,५००। र खर्च २५,०७,०००। भएको बताउनुभयो । त्यसैगरी आन्तरिक तर्फ वास्तविक आय १३,६४,४६,८१४। र खर्च १,८३,९१,०००। भएको बताउनुभयो ।
राजश्व बाँडफाँड तर्फ वास्तविक आय ६,४२,५२,६००। र खर्च ५,०२,६३,०००। भएको बताउनुभयो । साथै गाउँपालिकाबाट सञ्चालित आयोजना तथा कार्यक्रम, योजना सञ्चालन प्रकृया सम्पूर्ण शाखाको प्रगति प्रतिवेदन सहित उल्लेखनिय कार्यहरु, अवसर तथा सम्भावनाहरु र समस्या तथा चुनौतिहरुलाई पनि सभामा प्रस्तुत गरिएको थियो । साथै उपाध्यक्ष मिमबहादुर वाईवाद्धारा न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो भने जसमा उजुरी दर्ता संख्या १०, मिलापत्र ३, उजुरी फछ्र्याट संख्या ६, सूचिकृत मेलमिलाप संख्या७ रहेको बताउनुभयो । तत्पश्चात् अध्यक्ष दिनेश लामाद्धारा संशोधन प्रस्ताव, प्रगति प्रतिवेदन र न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन निर्णयार्थ पेश गरि प्रस्ताव पारित गरि समापन भएको हो ।