बनेपा
कार्यपालिकामा आफ्नो बहुमत भएको भन्दै एमालेले बनेपा नगरपालिकामा दम्भ देखाउन थालेको छ । उपप्रमुख विमला सापकोटा दाहालसहित बहुमत कार्यापालिका सदस्य आफूहरुले जितेको भन्दै नगर प्रमुख शान्तीरत्न शाक्यको हरेक निर्णयमा अड्को थाप्न थालेका हुन् ।
यसअघि एमालेबाट निर्वाचित मेयर लक्ष्मीनरसिं बादेले नियुक्त गरेका सचिवालयका केही कर्मचारीको म्याद नविकरण नभएपछि एमाले पछिल्लो समय मेयर शाक्यसंग रुष्ट भएका छन् । शाक्यले आफ्नो सहजताको लागि सचिवालय निर्माण गर्न खोजेपनि एमालेकै पालामा नियुक्त भएका ती कर्मचारी निरन्तरता हुनुपर्ने अडानमा एमाले छन् ।
शाक्यले उनीहरुसंग छलफल गर्दा पार्टीको निर्णयले नियुक्ति भएकोले पार्टीकै निर्देशन बमोजिम राजीनामा दिने वा नदिने निर्णय गर्ने भन्ने जवाफ दिदै आएका छन् । श्रमजीवीको जागिर खोसिएको लोकप्रिय नारा दिएर आफ्नो कार्यकर्ता भर्ती गर्न खोजिएको स्पष्ट छ । सचिवालयमा रहेका एमाले जिल्ला कमिटी सदस्य सरिता रायमाझी, एमाले नेतृ उमा प्रजापतिलाई निरन्तरता दिनुपर्ने एमालेको माग छ । कांग्रेसबाट निर्वाचित नगरप्रमुखले आपूmलाई सहज हुने सचिवालय निर्माण गर्न उपप्रमुख र एमाले नेतृत्वसंग छलफल गरेपनि मेयर शाक्यलाई असफल बनाउने रणनीति अन्तर्गत उनीहरुले हरेक निर्णयमा बखेडा झिकेका छन् ।
शाक्यलाई काम गर्न नदिने रणनीति अनुरुप एमालेले सपथ ग्रहण देखि नै असहयोग गर्दै आएको छ । आफूलाई पर्याप्त सम्मान नपुगेको, छलफल नगरेको र प्रतिनिधीसभा सदस्य गोकूल बास्कोटालाई प्रमुख अतिथी नबनाएको भन्दै उपप्रमुख दाहाल लगायत एमाले जनप्रतिनिधीले सपथ ग्रहण नै बहिष्कार गरेका थिए । हरेक कार्यपालिका बैठकमा बहुमतको दम्भ देखाउँदै आएको एमालेले भागवण्डा नमिले विरोध गर्दै आएको छ ।