• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ४, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ दिन अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ दिन अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ हफ्ता अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ३ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      ४ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ४, आईतबार
    होमपेज /  समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

  • २०८३ श्रावण १, शुक्रबार (२ महिना अघि)
  • १६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २३ मिनेट
  • सुर्खेत / बिरेन्द्रनगर

    समाजसेवा र मानवीय सेवामार्फत शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको श्याम–फुलुमाया फाउन्डेसनले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित गुर्भाकोट नगरपालिकाको सूर्योदय माध्यमिक विद्यालयमा अध्ययनरत तथा बादी सरोकार मञ्च नेपालमा आश्रित ८४ जना सीमान्तकृत बादी समुदायका विद्यार्थीको शिक्षामा आर्थिक सहयोग प्रदान गरेको छ। श्याम फुलुमाया फाउन्डेसनको आर्थिक सहयोग तथा सामुदायिक बिकास केन्द्र सुर्खेतको समन्वयमा एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरिएको हो। फाउन्डेसनले विद्यार्थीहरूको एक वर्षको विद्यालय शुल्क व्यवस्थापन गर्नुका साथै बादी सरोकार मञ्चलाई करिब १५ हजार रुपैयाँ बराबरको खाद्यान्न समेत सहयोग गरेको छ।

    सीमान्तकृत बादी समुदायका विपन्न बालबालिका, सडक बालबालिका तथा अन्य आर्थिक रूपमा कमजोर विद्यार्थी आश्रय लिएर अध्ययन गर्दै आएको बादी सरोकार मञ्चमा आयोजित कार्यक्रममा शिक्षा, सामाजिक उत्तरदायित्व र बालबालिकाको भविष्य निर्माणमा निजी क्षेत्र तथा सामाजिक संस्थाको भूमिकामाथि चर्चा गरिएको थियो।

    कार्यक्रममा फाउन्डेसनका सल्लाहकार सदस्य राजन दाहालले श्याम–फुलमाया फाउन्डेसन स्थापना हुनुको उद्देश्य, हालसम्म सञ्चालन भएका सामाजिक अभियान तथा आगामी योजनाबारे जानकारी गराउँदै संस्थापक श्याम सार्की मगरातीले वर्षौंदेखि शिक्षा, स्वास्थ्य, विपद् राहत, बाल संरक्षण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा निरन्तर सेवा गर्दै आएको बताए।

    उनले दुर्गम बस्तीका धेरै बालबालिका सामान्य शैक्षिक सामग्री र शुल्क अभावकै कारण विद्यालय छोड्न बाध्य हुने अवस्था अझै विद्यमान रहेको उल्लेख गर्दै त्यस्ता बालबालिकालाई विद्यालयमा टिकाइराख्ने उद्देश्यले फाउन्डेसनले देशका विभिन्न जिल्लामा झोला, ट्र्याकसुट, शैक्षिक सामग्री, विद्यालय शुल्क तथा अन्य आवश्यक सहयोग वितरण गर्दै आएको जानकारी दिए। आगामी दिनमा पनि आवश्यकता पहिचानका आधारमा देशका विभिन्न विद्यालयमा यस्ता सहयोगलाई अझ विस्तार गरिने उनले बताएका छन् ।

    सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर गुरुङले विद्यालयले विगतदेखि नै बादी समुदायका विद्यार्थीलाई वार्षिक प्रतिविद्यार्थी तीन हजार रुपैयाँका दरले शुल्क सहयोग गर्दै आएको जानकारी दिए। उनले सामाजिक उत्तरदायित्व निर्वाहमा निजी विद्यालयले खेलेको भूमिकालाई राज्यले उचित रूपमा मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता सहकार्यले विपन्न बालबालिकाको भविष्य उज्यालो बन्ने विश्वास व्यक्त गरे।

    गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बिकले राज्यको पहुँच प्रभावकारी रूपमा पुग्न नसकेका बादी समुदायका बालबालिकाको शिक्षा र जीवनस्तर उकास्न श्याम–फुलमाया फाउन्डेसनले देखाएको उदारतापूर्ण सहयोग अनुकरणीय रहेको बताइन्।

    बादी सरोकार मञ्च नेपालका अध्यक्ष हिक्मत बादीले ठूलो संघर्षबीच संस्थालाई यहाँसम्म ल्याइएको स्मरण गर्दै आश्रित बालबालिकाको शिक्षा, संरक्षण र भविष्य निर्माणका लागि सबै क्षेत्रको साथ आवश्यक रहेको बताए। शिक्षा नै बादी समुदायको जीवन परिवर्तन गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएकाले यस्ता सहयोग निरन्तर आवश्यक रहने उनको भनाइ थियो।

    कार्यक्रममा श्याम–फुलमाया फाउन्डेसनका संस्थापक तथा समाजसेवी श्याम सार्की मगरातीको सामाजिक योगदानको विशेष चर्चा गरिएको थियो। वर्षौंदेखि अमेरिकामा रहेर पनि आफ्नो जन्मभूमि र समाजप्रतिको जिम्मेवारीलाई निरन्तर निभाउँदै आएका मगरातीले शिक्षा, स्वास्थ्य, विपद् राहत, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएका छन्। काभ्रे, उदयपुर, धादिङ, बिराटनगर,डोटी, सुर्खेतलगायत देशका विभिन्न जिल्लाका विद्यालयमा ट्र्याकसुट, झोला, शैक्षिक सामग्री तथा आर्थिक सहयोग वितरणदेखि विपद्का बेला राहत सामग्री उपलब्ध गराउने कार्यमा उनी सक्रिय रहँदै आएका छन्। कार्यक्रममा श्याम फुलमाया हस्तकला उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत पुर्‍याउँदै आएको योगदानको पनि उच्च प्रशंसा गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुद्वारा सुर्योदय माध्यमिक बिद्यालयका प्रधानाध्यापकलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममाबोल्दै अन्य वक्ताहरुले  सहयोग प्राप्त गरेपछि विद्यार्थीहरु हर्षित देखिएका थिए। कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले श्याम फुलुमाया फाउन्डेसए गरेको कार्यको उच्च प्रसंशा गरेका थिए ।

    कार्यक्रममा श्याम फुलुमाया फाउन्डेसनका अध्यक्ष शोभा राना मगर साथै बोर्ड सदस्य भरत थापा, विद्यालय परिवार, बादी सरोकार मञ्च नेपालका अध्यक्ष तथा पदाधिकारी, सामुदायिक बिकास केन्द्रका अध्यक्ष तथा पदाधिकारी, जनप्रतिनिधि,  स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    समाचार

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    काभ्रे खबर

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२४१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८३९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४५६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२८९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२७७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑