• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ५, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      २ दिन अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४ दिन अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ हफ्ता अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ३ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ३ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      ४ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ५, सोमबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

  • राजन दाहाल
  • २०८३ बैशाख ६, आईतबार (५ महिना अघि)
  • ७३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २० मिनेट
  • बेथानचोक / ढुंखर्क

    बेथानचोक गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले स्थानीय तहबाट शिक्षा प्रणालीलाई व्यवस्थित, अनुशासित र परिणाममुखी बनाउन थप बल पुग्ने बताइएको छ ।शिक्षा क्षेत्रका विज्ञ प्रा. डा. विद्यनाथ कोइराला, डा. हरिप्रसाद लम्साल, दीपक शर्मा र डा. बलराम तिमिल्सिनाले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको औंल्याएका छन् । उनीहरूले प्रभावकारी पाठयोजना निर्माण र त्यसको कार्यान्वयन, विद्यालय सुशासन, नियमित अनुगमन तथा अभिभावकको सक्रिय सहभागितालाई गुणस्तरीय शिक्षाको आधारका रूपमा प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा ‘शिक्षक र गुणस्तरीय शिक्षा’, ‘प्रधानाध्यापकको नेतृत्व र शैक्षिक सुधार’, ‘विद्यालय सुशासन’ तथा ‘शिक्षाको समग्र विषयवस्तु’ हरुमा छलफल भएको थियो । सहभागी शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूले उठाएका जिज्ञासाहरूमा विज्ञहरूले व्यवहारिक समाधान सुझाएका थिए ।

    उपाध्यक्ष तारा राना तिमिल्सिनाले स्वागत मन्तव्य दिएकी थिइन् भने शिक्षा समिति सदस्य एवं प्रधानाध्यापक शोभा तामाङले धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

    यसैबीच आजै  बसेको गाउँ शिक्षा समितिको बैठकले शिक्षा सुधारका लागि केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। अब बेथानचोक गाउँपालिकाभित्रका विद्यालयहरूमा आइतबार पनि नियमित कक्षा सञ्चालन गरिनेछ। यसअघि संघीय सरकारको निर्णयअनुसार हप्तामा दुई दिन बिदा दिइए पनि स्थानीय आवश्यकता र सिकाइ उपलब्धि सुधारको लक्ष्यअनुसार यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सिरुपाते खबरलाई जानकारी दिएका छन् ।

    त्यस्तै, विद्यालयहरू वैशाख १३ गतेदेखि सञ्चालनमा ल्याइने, सबै शिक्षकहरूले अनिवार्य रूपमा पाठयोजनाका आधारमा शिक्षण कार्य सुरु गर्ने, तथा सीपमूलक र व्यवहारिक शिक्षामा जोड दिने निर्णय गरिएको छ। गाउँपालिकाले आगामी दिनमा शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, विद्यार्थीकेन्द्रित र परिणाममुखी बनाउने लक्ष्य लिइएको अध्यक्ष अधिकारीको दाबी छ ।

    गाउँपालिका अध्यक्ष  अधिकारीले शिक्षाको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै शिक्षक, अभिभावक र स्थानीय समुदायको सहकार्यबाट मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे। उनले आगामी वैशाख ९ गते बस्ने कार्यपालिका बैठकबाट पालिकाको समग्र शिक्षा सुधारकालाई  थप  निर्णयहरू गरिने जानकारी पनि दिए।

    हाल बेथानचोक गाउँपालिकामा ३० वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् भने पल्लिका भरी २ हजार ७ सय ७७ जना विद्यार्थी अध्ययनरत रहेको गाउँपालिकाका शिक्षा शाखाका कर्मचारी सिताराम लामाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    समाचार

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    काभ्रे खबर

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२४१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८३९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४५६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२८९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२७७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑