• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ४ दिन अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ६ दिन अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      २ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ३ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      ३ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ३ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  कला/मनोरंजन

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

  • राजन दाहाल
  • २०८३ अषाढ २१, आईतबार (१ महिना अघि)
  • ७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २१ मिनेट
  • ललितपुर

    सम्पदा संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा स्थानीय सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सम्पादक समाज नेपालले शनिबार ललितपुरको ऐतिहासिक गोदावरी नगरपालिका–७ स्थित देवीचौर क्षेत्रमा पत्रकार पदयात्रा आयोजना गरेको छ।

    कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथि तथा उपप्रमुख मुना अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सम्पदा संरक्षणकर्मी, फोटो पत्रकार, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी, समाजसेवीसहित विभिन्न सञ्चारमाध्यमका एक सयभन्दा बढी पत्रकारको सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख महर्जनले नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा भावी पुस्ताका लागि अमूल्य सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय सरकार, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिकको साझा दायित्व रहेको बताउनुभयो। उहाँले गोदावरी नगरपालिकाले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुनःनिर्माण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न योजना कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।

    उपप्रमुख मुना अधिकारीले सम्पदा संरक्षणका लागि जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता पदयात्राले स्थानीय सम्पदाप्रति अपनत्व बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले गोदावरी नगरपालिकाको नामकरण भएको धेरै समय नभएकाले पर्याप्त बजेट उपलब्ध भए सम्पदा संरक्षण र पर्यटन विकासमा अझ प्रभावकारी काम गर्न सकिने धारणा राख्नुभयो।

    गोदावरी–७ का वडाध्यक्ष मधु बजगाईँले विकट मानिने देवीचौरलाई छनोट गरी पदयात्रा आयोजना गरिएकोमा सम्पादक समाजप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनसँगै सम्पदाको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

    सम्पादक समाज नेपालका महासचिव श्यामकाजी डोटेलले देवीचौर आसपास रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्व उजागर गर्दै संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन पत्रकार पदयात्रा आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले सम्पदा संरक्षण सरकारको मात्र नभई सम्पूर्ण समुदायको साझा अभियान हुनुपर्नेमा जोड दिनुभयो।

    समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले देवीचौर क्षेत्रका मठ–मन्दिर, पाटी–पौवा, ढुंगेधारा तथा अन्य पुरातात्त्विक संरचनाको अवलोकन गरेका थिए। स्थानीय जानकारहरूले ती सम्पदाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व, वर्तमान अवस्था तथा संरक्षणका चुनौतीबारे जानकारी गराएका थिए।

    पदयात्राका क्रममा पत्रकारहरूले सम्पदाको प्रत्यक्ष अवलोकन गर्दै तस्बिर तथा भिडियो अभिलेखीकरण गरेका थिए। सहभागीहरूले समाचार, फोटो फिचर, वृत्तचित्र तथा डिजिटल माध्यममार्फत सम्पदा संरक्षणका विषयलाई व्यापक रूपमा उजागर गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

    कार्यक्रमका वक्ताहरूले तीव्र शहरीकरण, अव्यवस्थित विकास निर्माण, प्राकृतिक क्षयीकरण तथा संरक्षणप्रतिको कमजोर सचेतनाका कारण ऐतिहासिक सम्पदा जोखिममा पर्दै गएको उल्लेख गर्दै सरकार, स्थानीय तह, समुदाय र सञ्चारमाध्यमबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

    पत्रकार पदयात्राले स्थानीय सम्पदाको ऐतिहासिक महत्व उजागर गर्नुका साथै संरक्षण अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको हो। सहभागीहरूले गोदावरी नगरपालिकाभित्र रहेका अन्य ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको समेत अध्ययन, अवलोकन र प्रचार–प्रसारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

    सम्पादक समाज नेपालले हरेक वर्ष सम्पदा संरक्षणसम्बन्धी पदयात्रा आयोजना गर्दै आएको छ। समाजले २०८१ सालमा नुवाकोटको शिवपुरी तथा गत वर्ष सिन्धुपाल्चोकको मेलम्चीस्थित गुफाडाँडामा यस्तै कार्यक्रम आयोजना गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    समाचार

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    काभ्रे खबर

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८०१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४१८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑