• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      २ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ५ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      २ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १६, मंगलबार
    होमपेज /  काभ्रे खबर

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

  • राजन दाहाल
  • २०८३ अषाढ ३, बुधबार (२ महिना अघि)
  • ५३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • खानीखोला / काभ्रेपलाञ्चोक

    काभ्रेपलाञ्चोकको सबैभन्दा विकट र भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमध्ये एक मानिने खानिखोला गाउँपालिका चालु आर्थिक वर्ष २०८३/०८४ को संघीय तथा बागमती प्रदेश सरकारको बजेटमा समेत उपेक्षित बनेको छ। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले सरकारले दुर्गम क्षेत्रका आवश्यकता बेवास्ता गर्दै खानिखोलालाई झन् पछाडि धकेल्ने नीति अवलम्बन गरेको आरोप लगाएका छन्।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै अध्यक्ष थिङले बजेट निर्माणअघि संघ र प्रदेश सरकारका विभिन्न मन्त्रालयमा पटक–पटक पुगेर सडक, पुल, पूर्वाधार तथा अन्य विकास आयोजनाका लागि माग प्रस्तुत गरे पनि अपेक्षित बजेट नपरेको बताएका छन्। उनले समपूरक अनुदान, विशेष अनुदान तथा स्थानीय तहबाट प्रस्ताव गरिएका योजनाहरूलाई समेत सरकारले प्राथमिकतामा नराखेको गुनासो गरेका छन्।

    “खानिखोलाका समस्या र आवश्यकतालाई संघ र प्रदेश सरकारले बुझ्नै चाहेनन्,” अध्यक्ष थिङले लेखेका छन्। उनी भन्छन्  जिल्लाकै दुर्गम बस्तीलाई विकासको मूलधारमा ल्याउनेभन्दा पनि झन् पछि पार्ने भएको छ ।

    उनले तत्कालीन मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले केही महत्वपूर्ण योजनाका लागि बजेट व्यवस्थापन गरेपछि आशा पलाएको भए पनि त्यसपछिका सरकारहरूले खानिखोलालाई प्राथमिकताबाट हटाएको आरोप लगाए। प्राप्त भएका योजनाहरूमा समेत न्यून बजेट विनियोजन गरिएकाले विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनको भनाइ छ।

    अध्यक्ष थिङले स्थानीय सरकारसँग सीमित स्रोत–साधन मात्र भएकाले संघ र प्रदेशको सहयोगबिना दुर्गम क्षेत्रको विकास सम्भव नहुने बताए। उनले सडक, पुल, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधारको अभाव झेलिरहेको खानिखोलालाई सरकारले बारम्बार बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    यद्यपि बजेट विनियोजनको विभेदका बाबजुद पनि जनमुक्ति मार्गमार्फत खानिखोलालाई हेटौँडासँग जोड्ने अभियानलाई तीव्र बनाइने, बागमती, खानिखोला र दुर्लुङखोला पुल निर्माण सम्पन्न गरिने तथा अन्य पुलहरूलाई बहुवर्षीय योजनामा समावेश गराउन पहल जारी रहने उनले बताएका छन्।

    विकासका आधारभूत पूर्वाधारबाट वञ्चित रहेको खानिखोलाले हरेक वर्ष बजेटका बेला आशा गर्ने गरे पनि परिणाम भने निराशाजनक हुने गरेको स्थानीयबासीहरु बताउँछन ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२५९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑