• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ६ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १७, बुधबार
    होमपेज /  काभ्रे खबर

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

  • राजन दाहाल
  • २०८३ जेष्ठ २६, मंगलबार (२ महिना अघि)
  • २८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १४ मिनेट
  • नमोबुद्ध / काभ्रेपलाञ्चोक

    नमोबुद्ध नगरपालिकाले दुग्ध उत्पादन गर्ने कृषक, दुग्ध सहकारी संस्था तथा दूध संकलनकर्तासँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नमोबुद्ध नगरपालिका पशु सेवा शाखाको आयोजना तथा जिल्ला दुग्ध उत्पादन सहकारी संघ काभ्रेपलाञ्चोकको सहयोगमा नगरपालिकाको हलमा कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डकी प्राविधिक निर्देशक डा. हसिनामैयाँ श्रेष्ठले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै दुग्ध क्षेत्रको वर्तमान अवस्था, गुणस्तरीय दूध उत्पादनका लागि अपनाउनुपर्ने वैज्ञानिक पशुपालन विधि, पशु स्वास्थ्य व्यवस्थापन, दूधको गुणस्तर परीक्षण, दुग्धजन्य पदार्थको बजारीकरण तथा यस क्षेत्रमा रहेका व्यावसायिक अवसरबारे विस्तृत जानकारी दिएकी थिइन्। उनले परम्परागत पशुपालनबाट व्यावसायिक पशुपालनतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याउँदै उत्पादनसँगै गुणस्तरमा ध्यान दिन सके किसानको आम्दानी वृद्धि हुने बताइन्।

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष शिवप्रसाद कोइरालाले काभ्रेपलाञ्चोक देशकै अग्रणी दुग्ध उत्पादन गर्ने जिल्लामध्ये एक रहेको उल्लेख गर्दै दुग्ध क्षेत्रले हजारौं किसानको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। उनले पशु आहारको बढ्दो मूल्य, उत्पादन लागत वृद्धि, बजार व्यवस्थापन र किसानले उचित मूल्य नपाउने जस्ता चुनौतीहरू समाधान गर्न दुग्ध सहकारी संस्थाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए। दुग्ध सहकारीमार्फत किसानका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ थियो।

    केन्द्रीय दुग्ध उत्पादन सहकारी संघका महासचिव रामप्रसाद आचार्यले दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै दुग्ध सहकारीको माध्यमबाट किसानलाई संगठित, सक्षम र आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे। उनले यस्ता अन्तरक्रिया कार्यक्रमले किसान, सहकारी र स्थानीय सरकारबीचको सम्बन्ध अझ सुदृढ बनाउने तथा दूध उत्पादन वृद्धि गर्न सकारात्मक प्रभाव पार्ने बताए।

    कार्यक्रमका प्रमुख अतिथि तथा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले कृषि र पशुपालनलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउँदै राम्रो काम गर्ने सहकारी संस्थाहरूलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए। सहकारी संस्थाहरू किसानको हितमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै एउटै व्यक्तिले धेरै सहकारी सञ्चालन गर्ने प्रवृत्तिले सहकारी अभियानको मूल मर्म कमजोर बनाउने धारणा व्यक्त गरे।

    नगर प्रमुख लामाले किसानहरूबीच एकता र सहकार्यको अभाव रहेको भन्दै किसानहरू संगठित हुनुपर्ने बताए। “किसान समृद्ध भए गाउँ समृद्ध हुन्छ, गाउँ समृद्ध भए देश समृद्ध हुन्छ,” भन्दै उनले कृषि र पशुपालन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा लिनुपर्ने बताए।

    कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. १० का अध्यक्ष रामकृष्ण उपाध्यायले दुग्ध क्षेत्रको विकासका लागि सबै सरोकारवाला निकायबीच साझा धारणा निर्माण आवश्यक रहेको बताए।

    राष्ट्रिय सहकारी बैंक बनेपा शाखाका प्रमुख उपेन्द्र दाहालले सहकारी संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, कानुनी व्यवस्था तथा मापदण्ड सम्बन्धी प्रस्तुतीकरण गर्दै सहकारीलाई पारदर्शी, उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

    अन्तरक्रिया कार्यक्रममा विभिन्न वडाका कृषक, दुग्ध सहकारीका पदाधिकारी, दूध संकलनकर्ता, जनप्रतिनिधि, पशु सेवा शाखाका कर्मचारी तथा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दूध उत्पादन, पशु स्वास्थ्य, बजारको पहुँच, मूल्य निर्धारण, अनुदान तथा दुग्ध  सहकारी व्यवस्थापनसँग सम्बन्धित जिज्ञासा र अनुभवहरू साटेका थिए।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑