• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ३०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ८ घण्टा अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ३०, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

  • राजन दाहाल
  • २०८३ जेष्ठ २२, शुक्रबार (४ महिना अघि)
  • ३५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १६ मिनेट
  • पनौती/काभ्रे

    माध्यमिक तहको शिक्षक दरबन्दी शून्य हुँदाहुँदै पनि पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका सबै विद्यार्थीलाई उत्तीर्ण गराउन सफल पनौती नगरपालिका–५ चौकोटस्थित श्री श्वेत गणेश माध्यमिक विद्यालयले एसईई उत्तीर्ण विद्यार्थी सम्मान तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रमका सभाध्यक्ष पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद खत्री रहेका थिए भने प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र विशिष्ट अतिथि शिक्षा निर्देशक प्रणराज न्यौपाने रहेका थिए।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले प्रतिस्पर्धात्मक शैक्षिक वातावरणका बीच विद्यालयले विद्यार्थी संख्या वृद्धि गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा विद्यालय परिवारलाई बधाई तथा धन्यवाद दिएका छन् । सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले विद्यालयले हासिल गरेको शतप्रतिशत नतिजाले सामुदायिक विद्यालयको क्षमता र सम्भावनालाई पुष्टि गरेको बताए। उनले सम्मानित विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ मेहनती, अनुशासित र जिम्मेवार बन्न आग्रह गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

    विशिष्ट अतिथि तथा शिक्षा निर्देशक प्रणराज न्यौपानेले एसईईमा सफल हुने सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै यस उपलब्धिको श्रेय विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनलाई जाने बताए। छोटो समयमै यस विद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको चर्चा गर्दै उनले विद्यालयलाई आगामी दिनमा नमुना विद्यालयका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । विद्यालयको समग्र विकासका लागि नगरपालिका नेतृत्व निरन्तर सहयोगमा रहेको उनको भनाइ थियो।

    सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद खत्रीले माध्यमिक तहको दरबन्दी नै नभएको अवस्थामा पनि विद्यालयले हार नमानी उत्कृष्ट नतिजा हासिल गरेको बताए। सीमित स्रोत–साधन र जनशक्तिका बीच शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सामूहिक प्रयासबाट शतप्रतिशत नतिजा सम्भव भएको उल्लेख गर्दै उनले विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने अभियान जारी रहने बताए।

    विद्यालयका प्रधानाध्यापक इन्द्रलाल मानन्धरले एसईईको सफलता केवल विद्यार्थीको मात्र नभई अभिभावक, शिक्षक र सम्पूर्ण विद्यालय परिवारको साझा सफलता भएको बताए। विद्यालय व्यवस्थापन समिति सक्रिय र जिम्मेवार बनेर साथ दिएका कारण विद्यालयले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेको भन्दै उनले व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे। आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरलाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ काम गरिने उनको धारणा थियो ।

    सो अवसरमा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थीको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूका अभिभावकलाई समेत सम्मान गरिएको थियो। साथै विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अध्ययनप्रति प्रेरित समेत गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायनद्वारा मनोरंजन प्रदान गरेका थिए

    कार्यक्रममा स्रोत व्यक्ति महेश्वर जंगम, वडा जनप्रतिनिधिहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑