• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ४ दिन अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ६ दिन अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      २ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ३ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      ३ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ३ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  अन्तरवार्ता

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

  • राजन दाहाल
  • २०८२ माघ १७, शनिबार (६ महिना अघि)
  • ६५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती  / काभ्रेपलाञ्चोक
    काभ्रेपलाञ्चोकको पनौतीलाई केन्द्र बनाएर मानवीय सेवामा समर्पित श्याम फुलमाया फाउन्डेसन तथा श्याम फुलमाया हस्तकला उद्योग आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । “मानव सेवा नै धर्म हो“ भन्ने मूल मन्त्रलाई केवल नारामा मात्र सीमित नराखी व्यवहारमै उतार्ने यस संस्थाले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र स्थानीय रोजगारीमा क्रान्ति नै ल्याएको छ। संस्थाले गरेका परोपकारी कार्यहरू र आगामी योजनाका बारेमा सञ्चालक श्याम सार्की मङ्गरातीसंग  राजन प्रसाद दाहालले गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत  ः
    श्याम र फुलमाया फाउन्डेसनको स्थापनाको मुख्य सोच कसरी आयो? “आफू मेटिएर भए पनि अरूलाई सुख दिनु“ भन्ने मूल मन्त्रलाई यहाँहरूले कसरी परिभाषित गर्नुहुन्छ?
    वास्तवमा खुसी भन्ने कुरा बाँड्दा बढ्ने र लुकाउँदा घट्ने वस्तु हो। हामीले समाजमा धेरै यस्ता मानिसहरू देख्यौँ, जोसँग अपार सम्भावना छ तर अवसरको अभाव छ। “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत विलासिता र स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो। हामीले सोचेका छौँ कि यदि हाम्रो सानो त्यागले कसैको जीवनमा उज्यालो आउँछ भने त्यो नै हाम्रो जीवनको सार्थकता हो। फाउन्डेसनको जन्म नै यही निस्वार्थ भावनाबाट भएको हो। हामीले आफ्नो गाँस काटेर भए पनि असहाय र विपन्न वर्गलाई सहयोग गर्दा प्राप्त हुने आत्मसन्तुष्टिलाई नै वास्तविक सुख मानेका छौँ।
    फाउन्डेसनले औपचारिक दर्ता हुनुभन्दा अगाडि (२०२०–२०२४) नै ठूलो मात्रामा आर्थिक र सामाजिक सहयोग गरेको देखिन्छ। ती सुरुवाती दिनका केही महत्त्वपूर्ण कार्यहरूबारे विस्तृतमा बताइदिनुहुन्छ कि?
    सेवा गर्न सरकारी दर्ताको प्रमाणपत्र मात्र पर्खिनु पर्दैन, सफा नियत र बलियो इच्छाशक्ति भए पुग्छ भन्ने हाम्रो अनुभव छ। सन् २०२० देखि २०२४ सम्मको अवधि हाम्रो लागि सेवाको जग बसाल्ने समय थियो । कोभिडको भयावह समयमा १७ विपन्न परिवारलाई राहत वितरणदेखि सुरु भएको हाम्रो यात्रा, क्यान्सर र मृगौला रोगीहरूको उपचारसम्म पुग्यो।
    यस अवधिमा हामीले व्यक्तिगत र काभ्रे अमेरिका कल्याणकारी समाज जस्ता संस्थाहरूसँग मिलेर लाखौँ रुपैयाँ सहयोग हस्तान्तरण ग¥यौँ। आगलागी पीडित कान्छा खत्री, क्यान्सर रोगी भक्ती सापकोटा र लक्ष्मी श्रेष्ठ, अनि पक्षघातबाट पीडित कुमार अछामी जस्ता व्यक्तिहरूका लागि गरिएको सहयोगले हामीलाई यो क्षेत्रमा थप लाग्ने प्रेरणा दियो। हामीले जिल्लाका विभिन्न स्थानमा पुगेर स्वास्थ्य, शिक्षा र मानवीय संकटमा मल्हम लगाउने प्रयास गयौँ, जुन आज पनि निरन्तर छ।
    “श्याम फुलुमाया हस्तकला उद्योग“ एउटा व्यावसायिक संस्था मात्र नभई सामाजिक अभियान पनि भन्नुभएको छ। यस उद्योगले स्थानीय उत्पादन, कच्चा पदार्थ र रोजगारीमा कसरी योगदान दिइरहेको छ?
    हाम्रो हस्तकला उद्योग केवल एउटा व्यापारिक एकाइ होइन, यो स्थानीय सीप र श्रमको सम्मान गर्ने थलो हो। हाम्रो प्रमुख उद्देश्य नै विपन्न वर्ग र विशेष गरी महिलाहरूलाई सीपमूलक तालिम दिएर उनीहरूलाई आत्मनिर्भर बनाउनु हो। हामीले आफ्नै उद्योगमार्फत स्थानीय स्रोत र कच्चा पदार्थको प्रयोग गरी दैनिक आवश्यक पर्ने सर्ट, पेन्ट, जुत्ता, ब्यागदेखि हाम्रा मौलिक दौरा–सुरुवाल र टोपीहरू उत्पादन गरिरहेका छौँ।
    यसले गर्दा एकातिर स्थानीय कच्चा पदार्थले बजार पाएको छ भने अर्कोतिर आयातित सामग्रीमाथिको निर्भरता हटेको छ । हामीले उत्पादन गरेका सामग्रीहरूलाई सुरुमा स्थानीय बजारमा खपत गराउने र बिस्तारै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डिङ गरी निर्यात गर्ने लक्ष्य राखेका छौँ। जति धेरै स्थानीय हस्तकला बिक्री हुन्छ, त्यति नै यहाँका स्थानीय श्रम र सीपलाई बल पुग्छ ।
    उद्योगबाट हुने आम्दानीलाई फाउन्डेसनले कसरी प्रयोग गर्छ? यो मोडलले समुदायलाई कसरी सशक्तीकरण गरिरहेको छ?
    हाम्रो उद्योग सञ्चालनको मूल मन्त्र नै “नाफा होइन, सेवा“ हो। उद्योगबाट प्राप्त हुने मुनाफा व्यक्तिगत प्रयोजनमा जाँदैन। यो रकम पुनः समाजमै फर्काइन्छ। विशेषगरी अभिभावकविहीन विद्यार्थीहरू, आर्थिक कठिनाइमा रहेका परिवारहरू र पढ्ने चाहना भए पनि साधन नभएका बालबालिकाहरूको शिक्षामा यो पैसा खर्च गरिन्छ।
    हाम्रो उद्योगमा बनेका प्रत्येक वस्तु केवल एउटा सामग्री मात्र होइनन्, ती एउटा अवसर र आशाका प्रतीक हुन्। ग्राहकले हाम्रो स्टोरबाट एउटा झोला वा लुगा किन्दा उहाँहरूले अप्रत्यक्ष रूपमा कुनै गरिब विद्यार्थीको भविष्य निर्माणमा योगदान दिइरहनुभएको हुन्छ। यसरी व्यापारलाई समाजसेवाको माध्यम बनाउँदा समुदायका पिछडिएका वर्गहरू बिस्तारै सशक्तीकरण हुँदै आएका छन्।
    फाउन्डेसनले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा पनि ठूलो लगानी गरेको छ। यसको महत्त्वबारे बताइदिनुहोस् न।
    संस्कृति र सम्पदा हाम्रो पहिचान हुन्। भौतिक विकाससँगै आध्यात्मिक चेतना पनि आवश्यक छ। त्यसैले हामीले पनौतीको गोरखनाथ मन्दिरमा ९ फिटको पञ्चधातु गणेश मूर्ति स्थापना, गुरुकुल भवन पुनर्निर्माण, र अन्य विभिन्न मठ–मन्दिरहरूको विकासमा ठूलो लगानी गरेका छौँ। कालीदेवी, लक्ष्मी नारायण र पाथीभरा जस्ता मन्दिरहरूको संरक्षणमा सहभागी हुनु हाम्रो सामाजिक उत्तरदायित्व हो। हाम्रा मन्दिर र गुम्बाहरूले समाजमा एकता र शान्तिको सन्देश प्रवाह गर्छन्, त्यसैले यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने हामीलाई लाग्छ ।
    बाजुराको हिमाली गाउँपालिकास्थित श्री ठूलाकोट माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि यहाँहरूले विशेष सहयोगको थालनी गर्नुभएको छ। यो विकट क्षेत्रसम्म पुग्ने प्रेरणा कसरी मिल्यो ?
    सेवाको कुनै भूगोल हुँदैन । बाजुराको विकट हिमाली क्षेत्रका बालबालिकाहरू न्यानो कपडा र शैक्षिक सामग्रीको अभावमा कठिन जीवन बिताइरहेको खबरले हाम्रो मन पगाल्यो। विद्यालय सञ्चालक चन्द्रवीर बुढा र अभियन्ता नारायण दत्त उपाध्याय ज्यूको समन्वयमा हामीले १८२ जना विद्यार्थीका लागि न्यानो ट्रयाकसुट र स्कुल ब्याग निर्माणको काम सुरु गरिसकेका छौँ।

    यो कार्यमा जय महांकाल युवा समूह र काठमाडौँ नेपाल युवा समूहसँगको सहकार्यले हामीलाई थप ऊर्जा दिएको छ। काभ्रेमा बसेर बाजुराका बाबुनानीहरूको आँसु पुछ्न पाउनु हाम्रो लागि ठूलो अहोभाग्य हो। यसले नेपाली–नेपाली बीचको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउँछ भन्ने हाम्रो विश्वास छ।

    २०८१ सालको भीषण बाढी र पहिरोका बेला फाउन्डेसनले आवास पुनर्निर्माणमा कसरी भूमिका खेल्यो? पीडितहरूको अवस्था कस्तो थियो?

    त्यो विपद्को समयमा धेरैले आफ्नो सर्वस्व गुमाएका थिए। फाउन्डेसनले तत्काल राहतका सामग्री मात्र वितरण गरेन, बरु दीर्घकालीन समाधानका लागि आवास पुनर्निर्माणमा पनि हात हाल्यो। पनौतीका चम्खर, दलिनचोक, डाँडागाउँ र रोशी क्षेत्रमा बाढी तथा आगलागीबाट पीडित परिवारहरूका लागि घर निर्माणमा हामीले सक्रिय सहयोग ग¥यौँ। मानिसहरूका लागि एउटा सुरक्षित घर हुनु भनेको उनीहरूको आत्मसम्मान पुनःस्थापित हुनु हो। हामीले पीडितहरूको घाउमा मल्हम लगाउने सानो प्रयास मात्र गरेका हौँ, जसमा स्थानीय समुदाय र दाताहरूको पनि उत्तिकै साथ रह्यो।

    यस फाउन्डेसन र उद्योगलाई चलायमान बनाउन पर्दा पछाडि बसेर काम गर्ने टिम र व्यवस्थापन पक्षबारे केही भनिदिनुहोस् न।

    कुनै पनि ठूलो अभियान एक्लो प्रयासले सफल हुँदैन। हाम्रो टिममा असाध्यै समर्पित व्यक्तिहरू हुनुहुन्छ। अध्यक्ष शोभा रानामगर ज्यूले समग्र नेतृत्व गरिरहनुभएको छ भने डिजाइन मास्टर जीवन दमै परियार ज्यूले उत्पादनको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मेहेनत गरिरहनुभएको छ । सुस्मिता बैलकोटी लगायतका सदस्यहरूले उद्योग र फाउन्डेसनका गतिविधिहरूलाई जनस्तरसम्म पु¥याउन अहोरात्र खटिनुभएको छ । यो टिमको एकता नै हाम्रो मुख्य शक्ति हो।

    अन्तमा, यहाँहरूको आगामी लक्ष्य के छ? समाजका अन्य मनकारी व्यक्ति र ग्राहकहरूलाई यहाँहरू के सन्देश दिन चाहनुहुन्छ?
    हाम्रो आगामी लक्ष्य भनेको स्थानीय हस्तकलालाई ब्रान्डिङ गरेर नेपालका ७७ वटै जिल्लामा पुयाउनु र धेरैभन्दा धेरै युवालाई स्वरोजगार बनाउनु हो। हामी समाजका हरेक वर्गलाई आग्रह गर्छौँ— जब तपाईँले स्थानीय उत्पादन रोज्नुहुन्छ, तब तपाईँले एउटा मानवीय सेवाको अभियानलाई सहयोग गरिरहनुभएको हुन्छ।

    पनौतीको बसपार्क र ठाडो बाटोमा हाम्रो स्टोर र कारखाना छ। अर्डर अनुसारका सामान, होलसेल तथा खुद्रा व्यापारका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँको एउटा खरिदले कुनै गरिब बच्चाको विद्यालयको शुल्क तिरिन्छ। आउनुहोस्, यो पवित्र अभियानमा जोडिएर समाज रूपान्तरणको साक्षी बनौँ।

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    समाचार

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    काभ्रे खबर

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८०१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४१८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑