ललितपुर
ललितपुरको महाङ्काल गाउँपालिका वडा न ६ ठूलादुर्लुङमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर बस्ने भएको छ । महाङ्काल गाउँपालिका , सहास नेपाल ललितपुर , जेसिआइ चम्पापुर र सिडिएस नेपालको संयुक्त आयोजनामा हुन लागेको स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वार उपचार तथा परामर्श प्रदान गरिने आयोजकले जनाएको छ । स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नशा, स्त्री रोग, दन्त चिकित्सा तथा परामर्श,सुगर तथा पिसाब परिक्षण,स्वास प्रस्वास, पेटको रोग साथै सामान्य चिकित्सा सेवा उपलब्ध हुने आयोजकले बताएको छ । सिविर यहि आउदो असार ११ गते शनिबारका दिन ठूलादुर्लुङ स्वस्थ्य चौकी मा बिहान १० बजे देखि ३ बजे सम्म संचालन हुने पनि आयोजकले बताएको छ । सिविरमा आइ स्वास्थ्य लाभ लिनुहुन आयोजकले आम सर्वसाधारणलाई आव्हान समेत गरेको छ ।