रोशी
काभ्रे जिल्लाको रोशी गाउँपालिकाले गाउँपालिका भित्र बसोबास गर्ने गम्भिर प्रकृतिका बिरामीहरुलाई उपचार खर्चबापत मासिक पाँच हजार रुपैयाका दरले रकम वितरण गर्ने भएको छ । नेपाल सरकारको निर्णय अनुसार गाउँपालिका भित्र बसोबास गर्ने मृगौला प्रत्यारोपण गराएका , डायलाईसिस गराईरहेका , क्यान्सर रोगी र पक्षघातका बिरामीहरुलाई औषधि उपचार खर्च बापत मासिक पाँच हजारका दरले रकम वितरण गर्न लागिएको हो । गाउँपालिकाले आज एक सुचना प्रकाशित गर्दै गाउँपालिका भित्र औषधि उपचार खर्च वितरणका लागि आवश्यक बिवरणहरु संकलनको कार्य भईरहेको जनाएको छ ।
औषधि उपचार खर्च प्राप्त गर्नका लागि अस्पतालले प्रमाणित गरेको रोग खुल्ने कागजात (अनुसूचि १ अनुसार) , औषधि उपचार खर्च पाउँ भन्ने निबेदन (अनुसूचि २ अनुसार) , गम्भिर प्रकृतिका रोगबाट ग्रसित बिरामीको नागरिकताको प्रतिलिपि (नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि) र पासपोर्ट साईजको फोटो २ प्रति को साथमा गाउँपालिकामा सम्पर्क गर्न गाउँपालिकाले पालिकाभित्रका गम्भिर प्रकृतिका रोगबाट ग्रसित सम्पूर्णमा आग्रह गरेको छ ।