धुलिखेल
काभ्रेमा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका लागि भएको निर्वाचनमा गठबन्धन तर्फबाट जिल्ला समन्वय समितिको संयोजकमा नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् ।
उनले २२ मत पाए भने एमालेका उम्मेदवार कमला भट्टराईले ४ मत मात्र पाइन् ।
त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिमबहादुर तामाङ चयन भएका छन् । तामाङले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरका हुन् ।
सदस्यहरूमा गठबन्धनको तर्फबाट उठेका अप्सरा सिप्खान(ढुंगाना) चण्डिका मिजार, नीरबहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी विजयी भएका छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेले एक सिटपनि विजय हासिल गरेको छैन ।