पनौती,
तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले सम्मान गरेको छ । लामो समय देखि खेलकुद क्षेत्र तेक्वान्दोको रेफ्रीको रुपमा रहदै आएका काभ्रेको पनौती नगरपालिका वडा नं ३ कुशादेबी निवासी तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले सम्मान गरेको हो । चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरीयता जीटू तेक्वान्दो च्याम्पियनसिपमा ढकाल वेस्ट रेफ्री बन्न सफल भएका थिए । तेक्वान्दो रेफ्री दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा विश्वकै उत्कृष्ट निर्णायक रेफ्री बन्न सफल भएका थिए । रेफ्री ढकाललाई पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपाने, उप प्रमुख गिता बन्जारा, प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, वडा नं १० का अध्यक्ष मोहन भण्डारी, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी लगाएतले रेफ्री ढकाललाई खादा टिका र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
जुन मैदान बाट तेक्वान्दो खेलमा प्रवेश गरेको थिए आज त्यही मैदानमा आदरणीय ब्याक्तित्व नगर प्रमुख भिम न्यौपाने लगायतको हातबाट सम्मानित हुन पाँउदा आफुलाई थप खेलक्षेत्रको लागि खुशी मिलेको रेफ्री ढकालले बताएका छन ।