पनौती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर समितिले महिलाहरूको सहभागिता, नेतृत्व विकास र सशक्तीकरणलाई प्राथमिकता दिँदै महिला भेला कार्यक्रम आयोजना गर्ने भएको छ।
नगरभित्रका सबै वडाका महिला दिदीबहिनीहरूलाई समेटेर महिला विभाग गठन गर्ने तथा सोही विभागको नेतृत्वमा विभिन्न रचनात्मक र सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो।
पनौती नगर पार्टी कार्यालय, पनौती–७, कुशादेवी रोडमा यहि मंसिर ५ गते शनिबार बिहान ११ः३० बजे कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ।
रास्वपा महिला विभाग पनौतीकी संयोजक स्मोलिका घिमिरेले नगरका सबै वडाका महिलाहरूलाई संगठित गर्दै उनीहरूको क्षमता, सीप र नेतृत्व विकासमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन । नगरका हरेक वडाबाट महिला दिदीबहिनीहरूलाई समेटेर विभाग गठन गरी सोही विभागको नेतृत्वमा नगरभित्र विभिन्न रचनात्मक कार्यहरूमार्फत महिलाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । यस कार्यक्रमलाई भव्यताकासाथ सफल पार्न सम्पुर्ण घण्टी प्रेमी दिदिबहिनीहरुलाई आवश्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।
महिलाहरूको सक्रिय सहभागितामार्फत सामाजिक रूपान्तरण, नेतृत्व विकास र समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वासका साथ कार्यक्रम अघि बढाइएको आयोजकको भनाइ छ। भेलाले नगरका विभिन्न वडामा रहेका महिलाहरूबीच आपसी एकता, सहकार्य र समन्वय बढाउनुका साथै आगामी दिनमा महिला लक्षित कार्यक्रम सञ्चालन गर्न आधार तयार गर्ने लक्ष्य लिइएको छ।




