• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २३, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      २ घण्टा अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      २ घण्टा अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २३, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

  • राजन दाहाल
  • २०८३ आश्विन २३, शुक्रबार (२ घण्टा अघि)
  • १३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    काभ्रेपलाञ्चोक

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काभ्रेपलाञ्चोक जिल्लामा ‘हामी आउँदैछौँ’ नामक एकहप्ते अभियान सुरु गरेको छ। जिल्लाका १३ वटै स्थानीय तहमा पुगेर नागरिकका समस्या, गुनासा र विकास निर्माणसम्बन्धी सुझाव सङ्कलन गर्ने उद्देश्यसहित शुक्रबारदेखि अभियान सुरु गरिएको हो।

    असोज २७ गतेसम्म सञ्चालन हुने अभियानका लागि काभ्रेमा पार्टीले केन्द्रीय प्रतिनिधिका रूपमा सांसदत्रय जगदीश खरेल, गणेश कार्की र कुसुम महर्जनलाई खटाएको छ। अभियानको बनेपामा उद्घाटन गर्दै सांसद महर्जनले स्थानीय नागरिकलाई अभियानमा सहभागी भई आफ्ना समस्या, गुनासा तथा विकास निर्माणसम्बन्धी सुझाव राख्न आग्रह गरिन्।

    उनले नागरिकका समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउँदै कार्यक्रममा उपस्थित हुन नसक्नेले लिखित रूपमा पनि आफ्ना गुनासा तथा सुझाव दिन सक्ने स्पष्ट पारिन्।

    अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या तथा जनगुनासा सङ्कलन गर्ने र पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म पुर्‍याउने कार्यक्रम रहेको छ। त्यसका लागि स्थान र समयतालिकासमेत सार्वजनिक गरिएको जनाइएको छ।

    पार्टीको केन्द्रीय समितिबाट परिचालित प्रतिनिधिहरूले जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्तासँग समन्वय गरी विभिन्न नगरपालिका र गाउँपालिकामा नागरिक, पार्टीका कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट गर्नेछन्।

    रास्वपाका जिल्ला सभापति प्रवीणकुमार ढकालले अभियानमार्फत स्थानीय तहका वास्तविक समस्या बुझ्ने, नागरिकका अपेक्षा सुन्ने र आगामी राजनीतिक यात्राका लागि आधार तयार गर्ने लक्ष्य राखिएको बताए।

    उनका अनुसार अभियानलाई राजनीतिक भेटघाटमा मात्रै सीमित नराखी नागरिकको घरदैलोसम्म पुगेर उनीहरूले भोगिरहेका समस्या र विकास निर्माणका आवश्यकताबारे जानकारी लिइनेछ। सङ्कलित सुझाव तथा गुनासालाई सम्बन्धित निकाय र पार्टीको केन्द्रीय नेतृत्वसमक्ष पुर्‍याएर सम्बोधनका लागि पहल गरिने उनले बताए।

    ‘यस अभियानले जिल्लाको राजनीतिक अवस्था र नागरिकका अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुने अपेक्षा गरेका छौँ,’ जिल्ला सभापति ढकालले भने।

    रास्वपाले सञ्चालन गरेको यस अभियानलाई जिल्लाका नागरिकसँग प्रत्यक्ष संवाद स्थापित गर्ने, स्थानीय आवश्यकताबारे जानकारी लिने र जनताका मुद्दालाई पार्टीको आगामी राजनीतिक कार्यदिशासँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    समाचार

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    काभ्रे खबर

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३०० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑