• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ८, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ घण्टा अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ६ दिन अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      २ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      २ हफ्ता अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ३ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ४ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ८, बिहिबार
    होमपेज /  बागमती

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

  • राजन दाहाल
  • २०८३ आश्विन ८, बिहिबार (२ घण्टा अघि)
  • ३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • नुवाकोट / विदुर

    भोटेकोशी बाढीका कारण नुवाकोटको बिदुर नगरपालिकाका विभिन्न विद्यालयमा ठूलो क्षति पुगेको छ। बाढीका कारण नगरपालिकाका १३ मध्य ९ वटा वडाका विद्यालय क्षेत्रमा प्रत्यक्ष असर परेको छ भने पाँच वटा विद्यालय पूर्ण रूपमा बगाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

    बिदुर नगरपालिकामा १३ वटा वडा छन्। वडा नम्बर २, ८, ११ र १३ मा बाढीबाट क्षति नभएको जनाइएको छ। बाँकी नौ वटा वडामा भने बाढी तथा कटानका कारण जनधनसँगै विद्यालय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ नगरपालिकाले  बताएको छ ।

    शिक्षा शाखा प्रमुख चुडामणि भट्टराईका अनुसार बाढीले पाँच वटा विद्यालय पूर्ण रूपमा बगाएको छ। तीमध्ये तीन वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालय रहेका छन्। यस्तै, तीन वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। चण्डेश्वरी माध्यमिक विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय र रणभूमि श्री माध्यमिक विद्यालयमा आंशिक क्षति भएको भट्टराईले जानकारी दिएका छन् । पोस्टबहादुर प्राविधिक शिक्षालयमा समेत बाढीले कटान गरेको जनाइएको छ।

    बाढीका कारण विद्यालयसँगै विद्यार्थी र शिक्षक–कर्मचारीसमेत प्रभावित भएका छन्। शिक्षा शाखा प्रमुख भट्टराईकाले हालसम्म आठ जना शिक्षक तथा विद्यालय कर्मचारी बेपत्ता वा मृत्यु भएको तथ्यांक प्राप्त भएको बताए । उनले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका दुई जना, उत्तरगया माध्यमिक विद्यालयका तीन जना, चण्डेश्वरी माध्यमिक विद्यालयका एक जना र पायोनियर बोर्डिङ स्कुलका दुई जना शिक्षक तथा कर्मचारी बेपत्ता तथा मृत्यु भएको जनाइएको छ। भैरव माध्यमिक विद्यालयका एक जना पार्टटाइम शिक्षकसमेत बेपत्ता भएको जानकारी उनले दिए ।

    बाढी प्रभावित क्षेत्रमा विद्यार्थीको यकिन तथ्यांकसमेत अझै आउन सकेको छैन। नगरपालिकाभित्र दुई सयभन्दा कम विद्यार्थी बेपत्ता वा सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी भए पनि यकिन तथ्यांक संकलन भइनसकेको भट्टराईले बताएका छन् । बाढीले गाउँ तथा बस्ती नै बगाएको र तथ्यांक उपलब्ध गराउने अभिभावक तथा स्थानीय बासिन्दासमेत प्रभावित भएकाले विवरण संकलनमा कठिनाइ भएको उनकोको भनाइ थियो ।

    बाढीले सबैभन्दा बढी असर ‘क्याचमेन्ट एरिया’मा पारेको नगरपालिकाले जनाएको छ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थी आउने गाउँ तथा बस्ती नै बगाएपछि पाँच वटा विद्यालय तत्काल पुनः सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको शिक्षा शाखाले जनाएको छ। विद्यार्थी तथा समुदाय नै नरहेपछि ती विद्यालयलाई अन्यत्र गाभ्ने अर्थात् मर्ज गर्ने तयारीमा नगरपालिका रहेको भट्टराईले बताए ।

    बिदुर नगरपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी करिब १७ हजार विद्यार्थी अध्ययनरत छन्। त्यसमध्ये करिब ८ हजार ७ सय विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्ने शिक्षा शाखाको तथ्यांक छ। बाढीबाट विद्यालय तथा विद्यार्थीमा परेको क्षतिको पूर्ण विवरण संकलन भएपछि मात्रै शैक्षिक क्षेत्रको वास्तविक क्षतिको अवस्था स्पष्ट हुने नगरपालिकाले जनाएको छ।

    भोटेकोशी बाढीबाट नुवाकोटका चार वटा स्थानीय तहमा ठूलो क्षति पुगेको जनाइएको छ। बिदुर नगरपालिका, किस्पाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर नगरपालिका बाढीबाट प्रभावित भएका छन्। ती स्थानीय तहका विद्यालय, बस्ती, विद्यार्थी तथा शैक्षिक पूर्वाधारमा समेत क्षति पुगेको छ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    समाचार

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    काभ्रे खबर

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२४७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८४४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४६५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२९९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२८२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१६७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑