काभ्रे,
आगामी वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका काभ्रेका १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई निष्पक्ष एवं मर्यादित तरिकाले सम्पन्न गर्ने उदेश्यले आजबाट १३ वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिएका छन ।
उनका अनुसार आज बाट काभ्रेको १३ वटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना सम्पन्न भएको छ । यही बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएकाले सबै तहमा निर्वाचन अधिकृत र कर्मचारी खटाई आजबाटै नै निर्वाचन सम्बन्धी सबै काम हुने समेत प्रमुख निर्वाचन अधिकृत भट्टराईले बताएका छन् ।