• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन १४, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १८ घण्टा अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ५ दिन अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ५ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      ३ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      ३ हफ्ता अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन १४, बुधबार
    होमपेज /  काभ्रे खबर

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

  • राजन दाहाल
  • २०८३ श्रावण २६, मंगलबार (१ महिना अघि)
  • १९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २१ मिनेट
  • रङ्गेली/मोरङ

    श्याम फुलुमाया फाउन्डेसनले आज मोरङको रङ्गेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयका ४८५ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग गरेको छ ।

    श्याम फुलुमाय फाउन्डेसन द्वारा संचालित श्याम फुलमाया हस्तकला उद्योगमार्फत समाजसेवी श्याम सार्की मङ्गाती र फुलुमाया सार्की मङ्गाती (हाल अमेरिका निवासी) को विशेष आर्थिक सहयोगमा विद्यालयका ४८५ विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध गराइएको हो।

    सामान बुझेपछि शिक्षा, मानव सेवा तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतासहित गरिएको उक्त सहयोगले विद्यार्थीको शैक्षिक वातावरणलाई सहज, मर्यादित बनाउन महत्वपूर्ण योगदान पुग्ने विद्यालयले जनाएको छ।

     पोशाकको व्यवस्थाले विद्यार्थीमा आत्मविश्वास र समानताको भावना विकास हुनुका साथै नियमित विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने बिद्यालयको भनाइ छ ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्ववरसिंह राईले विद्यालयमा व्यक्तिगत रूपमा सबैभन्दा ठूलो आर्थिक सहयोग गर्ने व्यक्ति श्याम सार्की मगराती रहेको बताए। उनले श्याम फुलमाया फाउन्डेसन तथा हस्तकला उद्योगले विद्यालयको आवश्यकता पहिचान गरी विद्यार्थीको हितमा गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता सहयोगले विद्यालयको शैक्षिक विकासमा प्रत्यक्ष योगदान पुग्ने बताए। उनले आगामी दिनमा पनि फाउन्डेसनसँगको सहकार्यलाई निरन्तरता दिने बताए।

    रङ्गेली नगरपालिकाकी शिक्षा शाखा अधिकृत लीला देवी ओझाले शिक्षा क्षेत्रमा गरिएको सहयोगको प्रतिफल तत्काल देखिन नसके पनि त्यसको दीर्घकालीन प्रभाव महत्वपूर्ण हुने बताइन्। नागरिक तहबाट विद्यालय र शिक्षाको क्षेत्रमा सहयोग गर्ने संस्कारको विकास हुन सके शिक्षामा सकारात्मक सुधार ल्याउन सकिने उनको भनाइ थियो।

    फाउन्डेसनका सल्लाहकार सदस्य राजन दाहालले समाजसेवी श्याम सार्की मङ्गातीको जीवन संघर्ष तथा सामाजिक सेवाप्रतिको समर्पणबारे जानकारी गराउँदै श्याम फुलमाया फाउन्डेसन र श्याम फुलमाया हस्तकला उद्योगले गर्दै आएका सामाजिक गतिविधिबारे प्रकाश पारेका थिए ।

    दाहालले फाउन्डेसनले शिक्षा र स्वास्थ्यका साथै विपद्का बेला पीडित तथा विपन्न परिवारलाई राहत, विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएको बताए। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षा र आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले फाउन्डेसनले विभिन्न क्षेत्रमा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो।

    कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि श्याम फुलमाया फाउन्डेसनले शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा गर्दै आएको योगदानको उच्च प्रशंसा गरेका थिए ।

    विद्यालयका विद्यार्थीका लागि गरिएको सहयोगको उच्च मूल्याङ्कन गर्दै रङ्गेली नगरपालिका र श्री आदर्श माध्यमिक विद्यालयले श्याम फुलमाया फाउन्डेसनलाई सम्मान गरेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले विद्यालयप्रति फाउन्डेसनले देखाएको सेवाभावको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा निजी क्षेत्र तथा सामाजिक संस्थाबाट हुने सहयोगले विद्यार्थीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले आगामी दिनमा पनि यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिन आग्रह गर्दै नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र सहकार्यका लागि सकारात्मक भूमिका रहने बताएका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र मण्डलले ४८५ जना विद्यार्थीलाई एकैपटक ट्र्याकसुट उपलब्ध हुनु विद्यालयका लागि ठूलो सहयोग भएको बताए।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    समाचार

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    काभ्रे खबर

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२५४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४६८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३०४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२८७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑