• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ६ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १७, बुधबार
    होमपेज /  आर्थिक

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

  • राजन दाहाल
  • २०८३ अषाढ २५, बिहिबार (१ महिना अघि)
  • १२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती

    वर्ल्ड फ्लूसम्बन्धी फैलिएको त्रास र भ्रामक सूचनाका कारण काभ्रेका कुखुरा पालक व्यवसायी गम्भीर आर्थिक संकटमा परेका छन्। सामान्यतया ४२ देखि ४६ दिनभित्र बिक्री गरिसक्नुपर्ने ब्रोइलर कुखुरा ५५ दिन पुग्दासमेत बिक्री हुन नसकेपछि काभ्रेका किसानहरू दैनिक लाखौँ रुपैयाँ बराबरको क्षति व्यहोर्न बाध्य भएका छन्।

    कार्कि पोल्ट्रि तथा कृषि फार्म पनौती ६ का  कुखुरा व्यवसायी प्रदीप कार्की भन्छन् बजारमा कुखुराको मासुको माग एकाएक घटेपछि फार्ममै कुखुरा थन्किन पुगेको छ । कुखुरा बिक्री नहुँदा दाना, औषधि, विद्युत्, श्रम र व्यवस्थापन खर्च निरन्तर बढिरहेको छ, यसले हामी व्यवसायीऐइ निकैनै मार परिरहेको छ ।

    पशु सेवा कार्यालय काभ्रेका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्रकिशोर ठाकुरले भने जिल्लामा वर्ल्ड फ्लूको अवस्था नियन्त्रण उन्मुख रहेको जानकारी दिएका छन्। उनले स्वस्थ कुखुराको मासु राम्रोसँग पकाएर सेवन गर्दा मानव स्वास्थ्यमा कुनै असर नपर्ने स्पष्ट पारे।बउनका अनुसार कुखुराको मासु कम्तीमा ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा राम्रोसँग पकाएर खाँदा भाइरस नष्ट हुने भएकाले उपभोक्ताले अनावश्यक त्रास मान्नुपर्ने अवस्था छैन। उपभोक्तामा फैलिएको भ्रम हटाउन र कुखुराको मासु सेवन गर्न  पशु सेवा कार्यालयले बनेपा क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको उनले बताएक  छन् ।

    यता, व्यवसायीहरूले भने सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलाइएका अपुष्ट तथा भ्रामक सूचनाले बजार नै ठप्प भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार वास्तविक अवस्थाभन्दा बढी त्रास फैलाइँदा उपभोक्ताले कुखुराको मासु खरिद गर्न छाडेका छन्, जसको प्रत्यक्ष असर किसानमाथि परेको बताए ।

    साना कुखुरा पालक व्यवसायीहरूले वर्ल्ड फ्लूको विषयमा भ्रम फैलिरहेका बेला ठूला पोल्ट्री व्यवसायी, ह्याचरी सञ्चालक तथा सम्बन्धित संघ–संस्थाहरू प्रभावकारी रूपमा बोल्न नसकेको आरोप लगाएका छन्। उपभोक्तालाई सही सूचना दिन र बजारमा विश्वास कायम गर्न सम्बन्धित निकाय सक्रिय हुनुपर्ने र अहिले त्य हुन नसकेको उनीहरूको भनाइ छ।

    पनौतीका कुखुरा पालक व्यवसायीहरू भन्छन्, “वर्ल्ड फ्लूको नाममा फैलिएको भ्रामक समाचारले हाम्रो व्यवसाय नै धराशायी बनाएको छ। उत्पादन तयार भएर पनि बिक्री नहुँदा ठूलो आर्थिक क्षति भइरहेको छ। यही अवस्था लम्बिए हामीमध्ये धेरै व्यवसायी पुनः उभिनै नसक्ने अवस्थामा पुग्नेछौं।”

    व्यवसायीहरूले सरकार, स्थानीय तह, पशु सेवा कार्यालय, सञ्चारमाध्यम तथा पोल्ट्री क्षेत्रका सरोकारवाला निकायलाई वैज्ञानिक तथ्यका आधारमा जनचेतना फैलाउन र उपभोक्ताको भ्रम हटाउन तत्काल पहल गर्न आग्रह समेत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑