• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ३०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ६ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ६ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ३०, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

  • राजन दाहाल
  • २०८३ अषाढ ४, बिहिबार (३ महिना अघि)
  • ५३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती / काभ्रे

    पनौती नगरपालिकाले सार्वजनिक जग्गा तथा नदी तटीय क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ३८ वटा घर तथा टहरा हटाउने प्रक्रिया अगाडि बढाएको छ। आज (बिहीवार) नगरपालिकाको समन्वयमा खटिएको संयुक्त सर्भेक्षण टोलीले ती संरचनाहरूमा रातो चिन्ह लगाएको छ।

    आज धुलिखेल नापी कार्यालयका सर्भेक्षक राजेन्द्र खड्का, पनौती नगरपालिकाका सहायक नापी अधिकृत ईश्वर कार्की, सर्भेक्षक सुजन पोटे, प्रहरी प्रशासन तथा नगर प्रहरीको संयुक्त टोलीले सार्वजनिक जग्गाको नापजाँच तथा यकिन गरी संरचनाहरूमा रातो चिन्ह लगाएको हो।

    सर्भेक्षणका क्रममा ‘सुकुम्बासी टोल’ भनेर चिनिने बगर क्षेत्रका १६ वटा, रोशी खोला तटीय क्षेत्र अन्तर्गत त्रिवेणीघाट माथितर्फ रहेका १८ वटा तथा बसपार्क क्षेत्रमा निर्माण गरिएका ४ वटा गरी कुल ३८ वटा घर तथा टहरामा रातो चिन्ह लगाइएको नगरपालिकाले जनाएको छ।

    यसअघि पनौती नगरपालिकाले गत वैशाख २१ गते  सार्वजनिक जग्गा व्यवस्थापन तथा संरक्षणका लागि सूचना जारी गर्दै वास्तविक सुकुम्बासीहरूलाई सम्बन्धित वडा कार्यालयमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको थियो। सोही सूचनाअनुसार सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापन अभियानलाई अगाडि बढाइएको हो।

    पनौती नगरपालिकाका सहायक नापी अधिकृत ईश्वर कार्कीका अनुसार अब नगरपालिकाले सम्बन्धित घरधनी तथा बसोबासकर्तालाई घर तथा टहरा खाली गर्न औपचारिक सूचना जारी गर्नेछ। सूचनापछि यही असार महिनाभित्र ती संरचनाहरू हटाइने तयारी रहेको उनले बताएका  छन् ।

    हटाइने संरचनामध्ये बसपार्क क्षेत्रस्थित मानेश्वरी एमएम पसल रहेको भवन, साविक नगरपालिका कार्यालय रहेको जीर्ण भवन, मानेश्वरी पोलिटेक्निक सञ्चालन हुँदै आएको भवन तथा पाञ्चाल बहुउद्देश्यीय सहकारी संस्थाअगाडिको ट्रस्टसमेत रहेका छन्। ती संरचनाहरू पूर्ण रूपमा हटाएर सार्वजनिक प्रयोजनका लागि क्षेत्र खाली गरिने जनाइएको छ।

    यसअघि प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायका प्रतिनिधिहरूले उक्त क्षेत्रको स्थलगत अनुगमन तथा अवलोकन गरेका थिए। सर्भेक्षणका क्रममा प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरूले राज्यले उचित व्यवस्थापन र वैकल्पिक व्यवस्था गरेमा संरचना हटाउँदा आफूहरूलाई आपत्ति नरहेको धारणा व्यक्त गरेको कार्कीले जानकारी दिए।

    नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, नदी किनारको व्यवस्थापन, वातावरणीय जोखिम न्यूनीकरण तथा व्यवस्थित शहरी विकासलाई ध्यानमा राख्दै सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको जनाएको छ। नगरभित्र अन्य सार्वजनिक जग्गामा अनाधिकृत रुपमा बसोबास गरेका तथा निर्माण गरिएको घर तथा टहरा पहिचान गरि खाली गरिने नगरपालिकाको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    काभ्रे खबर

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑