• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      २ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ५ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      २ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १६, मंगलबार
    होमपेज /  काभ्रे खबर

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

  • राजन दाहाल
  • २०८३ जेष्ठ ६, बुधबार (३ महिना अघि)
  • १९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १४ मिनेट
  • पनौती / काभ्रे

    पनौती नगरपालिकाले लगातार ११ औँ वर्षसम्म “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा” कार्यक्रममा नगरभित्र १५ देखि २३ बर्षसम्मका कुनै पनि बालबालिका खोपबाट वञ्चित नरहेको पुष्टि गरिएको हो ।

    “कृषि, पर्यटन, कला र संस्कृति, हरित गौरवमय समृद्धि पनौती” तथा “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप नगरपालिका हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा खोप निःशुल्क, सुरक्षित र जीवनरक्षक भएको बताइएको छ ।

    पनौती नगरपालिका २०७२ सालमै पहिलो पटक पूर्ण खोप सुनिश्चितता भएको पालिका हो । त्यसयता प्रत्येक वर्ष नियमित अनुगमन, स्वास्थ्यकर्मी परिचालन, स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकको सक्रियतामार्फत खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ । यस वर्ष नगरभित्र रहेका १६ देखि २३ महिनासम्मका ५ सय ८४ बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको नगरपालिकाको स्वास्थ शाखाले जनाएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष दीपक कुमार गौतम रहेका थिए । कार्यक्रममा पनौती नगरपालिकाको पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी प्रतिबद्धता पत्रमा सहभागी सबैले हस्ताक्षर गरेका थिए ।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख गीता बन्जारा ले कुनै पनि बालबालिका खोप पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित नगरपालिका निरन्तर सक्रिय रहेको बताइन् । उनले बालबालिकाको स्वास्थ्य सुरक्षा राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्दै अभिभावकलाई समयमै बालबालिकालाई खोप केन्द्रमा ल्याउन आग्रह समेत गरिन् । खोपप्रति जनचेतना फैलाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

    स्वास्थ्य शाखा प्रमुख जनक केसी ले पूर्ण खोप घोषणा प्रक्रियाका गतिविधि समेटिएको डकुमेन्ट्री प्रस्तुत गरेका थिए । उनले नेपाल सरकारले २०३४ सालदेखि राष्ट्रिय खोप कार्यक्रम लागू गरेको स्मरण गराउँदै खोप अभियानकै कारण नेपालमा विभिन्न संक्रामक रोगहरू नियन्त्रण तथा निवारणको चरणमा पुगेको बताए ।

    नगर प्रमुख रामशरण भण्डारी ले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर नगरपालिका अघि बढिरहेको बताएका छन् । उनले विपद् तथा महामारीका बेला सबै पक्ष चनाखो भई क्षति न्यूनीकरणमा जुट्नुपर्ने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा नगरपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको जानकारी दिए । स्वस्थ नागरिकबिनाको समृद्ध पनौती सम्भव नभएको उनको भनाइ थियो ।

    प्रमुख अतिथि दीपक कुमार गौतमले मानव जीवनमा खोपको महत्त्व अत्यन्त ठूलो रहेको उल्लेख गर्दै खोपको प्रभाव बुझ्न कोभिड–१९ महामारीलाई फर्केर हेर्न आग्रह गरे । उनले नगरपालिकाले आगामी दिनमा खोपजन्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउन थप बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । “उपचार नपाएर नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन दिनु हुँदैन,” उनले भने, “स्वास्थ्य सेवा सबै नागरिकको सहज पहुँचमा पुग्नुपर्छ ।”

    त्यसैगरी जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ ले विगतमा दुर्गम क्षेत्रमा खोप सेवा पुर्‍याउन कठिन हुने गरेको स्मरण गर्दै अहिले पहुँच विस्तारसँगै अबको चरणमा खोपको गुणस्तर र प्रभावकारितामा अझ बढी ध्यान दिइने बताइन् । उनले नियमित खोप कार्यक्रमलाई दिगो बनाउन स्थानीय तहको सक्रियता आवश्यक रहेको धारणा राखिन् ।

    कार्यक्रमका अवसरमा जिल्ला खोप समन्वय समितिको सचिवालय, काभ्रेपलाञ्चोकद्वारा पनौती नगरपालिकालाई “पूर्णखोप नगरपालिकाको सुनिश्चितता प्रमाण–पत्र” प्रदान गरिएको थियो । प्रमाणपत्रमा २०८३ साल वैशाख ३१ गतेसम्म १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरिएको उल्लेख गरिएको छ । साथै, पूर्ण खोपको अवस्था आगामी दिनमा पनि निरन्तर कायम राखिने अपेक्षा व्यक्त गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२५९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑