• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ४ घण्टा अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ६ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

  • राजन दाहाल
  • २०८२ माघ २४, शनिबार (५ महिना अघि)
  • ५७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २७ मिनेट
  • पनौतीको पीडादेखि अमेरिकाको पसिनासम्म.. समाजसेवाको निरन्तर यात्रासंगै श्याम सार्की मगरातीको संघर्षको  कठोर यथार्थ..

    काभ्रेपलाञ्चोकको पनौतीलाई केन्द्र बनाएर मानवीय सेवामा समर्पित श्याम र फुलमाया फाउन्डेसन तथा श्याम फुलमाया हस्तकला उद्योग आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। “मानव सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई केवल नारामा मात्र सीमित नराखी व्यवहारमै उतार्ने यस संस्थाले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र स्थानीय रोजगारीमा क्रान्ति नै ल्याएको छ। श्याम फुलमाया फाउन्डेसनका सञ्चालक श्याम सार्की मगरातीसंग सिरुपाते खबरका संचालक राजन प्रसाद दाहालले गरिएको कुराकानीको आधारमा तयार गरिएको यो कठोर यथार्थ संगै जीवन वृतान्तको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

    जन्म, परिवार र बाल्यकालक 

    काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ८, मल्पीमा जन्मिएका श्याम मगरातीको बाल्यकाल सामान्य बालबालिकाजस्तै सुखद र सुरक्षित थिएन। आर्थिक रूपमा कमजोर दलित परिवारमा जन्मिएका श्यामले सानै उमेरदेखि अभाव र पीडासँग संघर्ष गर्नुपर्‍यो।

    बुवाले अर्को आमा विवाह गरेर ल्याएपछि हाम्रो परिवारमा दुई भाइ र एक बहिनी आनि आमाको दुखको क्षण झनै घेरियो। त्यसपछि दुःख–सुख गर्दै केही समय बित्यो। तर परिवारभित्रको वातावरणले जीवन धान्न झन् कठिन बन्दै गयो। यही अवस्थामा गाउँघरका छरछिमेकीहरूले “जीवन बाँच्न जहाँ गएर पनि बाँच्न सकिन्छ” भन्ने सल्लाह दिएपछि उनी काठमाडौँ पुग्ने निर्णयमा पुगे ।

    गाउँ छाड्ने बाध्यता र सडक जीवनको प्रारम्भ

    घरभित्रको पीडा असह्य भएपछि गाउँका आफन्त र छिमेकीहरूले श्यामलाई सहर जान सुझाव दिए। “यहाँ बस्दा बाँच्न गाह्रो छ, सहर जाऊ, केही काम पाइन्छ” भन्ने सल्लाह नै उनको जीवनको मोड बन्यो। बालक श्याम बिना योजना, बिना पैसा भक्तपुर पुगे। त्यहाँबाट काठमाडौंतर्फ लाग्दा उनीसँग भविष्यको कुनै स्पष्ट बाटो थिएन। त्रिपुरेश्वर हुँदै कालिमाटी पुग्दा रात परिसकेको थियो। भोकले थकित श्यामले कुहिएको फलफूल खाएर पेट भरे र भरियासँग पाटी–पौवामा रात बिताए। यही क्षणबाट उनको सडक जीवन सुरु भयो। ठमेल, इन्द्रचोक, रत्नपार्क, बागबजार जस्ता ठाउँहरू उनका स्थायी ठेगाना बने। भारी बोक्ने, गाडी सफा गर्ने, प्लास्टिक टिप्ने, साना मजदुरी गर्ने काम गर्दै उनले बाँच्ने संघर्ष गरे। सडकले उनलाई कठोर बनायो, तर मानवीय संवेदना कहिल्यै मर्न दिएन।

    जिम्मेवारीले थिचिएको बाल मन र मजदुरीको सुरुवात

    घरको अवस्था कमजोर हुँदै जाँदा श्याम मगरातीमाथि जिम्मेवारी सानै उमेरमा आइपर्‍यो। उनी परिवारका जेठा छोरा भएकाले घरधन्दा, गाईवस्तु पाल्ने, मेलापात गर्ने र मजदुरी गर्ने काममा खटिन थाले। आमाले गोठालो, घाँस–दाउरा, खेतबारीको काम गर्दै परिवार धानिरहेकी थिइन्। श्याम पनि विद्यालय जाने उमेरमा काममै लाग्न बाध्य भए। कतिपय दिन दुई छाक खान नपुग्ने अवस्था थियो। बालक भएर पनि पेटको भोक, कपडाको अभाव र भविष्यको अनिश्चितताले उनलाई समयभन्दा अगाडि नै परिपक्व बनायो। बाबुको जिम्मेवारीप्रति उदासीनताले श्यामको मनमा गहिरो चोट पुर्‍यायो। घर उनको लागि सुरक्षित स्थान रहेन, बरु पीडा र अपमानको केन्द्र बन्यो।

    शिक्षाको पहिलो अवसर र जीवनमा आएको परिवर्तन

    सडक जीवनकै क्रममा श्याम मगरातीको इमानदारी र मेहनत देखेर केही सहयोगी हात अघि बढे। अन्नपूर्ण होटल अगाडि गाडी सफा गर्ने क्रममा उनको व्यवहार देखेर सिविन नेपाल बाल मजदुर संगठनसँग आबद्ध भए। त्यहीँबाट उनलेे केही आधारभूत शिक्षा हासिल गर्ने अवसर पाए । संस्थाले उनलाई संरक्षण र शिक्षाको अवसर दियो। उमेर र कक्षाको भेद बिना उनले क, ख, ग देखि पढ्न सुरु गरे। पढाइ सजिलो थिएन, तर सिक्ने चाहनाले उनलाई अगाडि बढायो। अक्षर चिन्ने, लेख्ने, पढ्ने क्रममा उनले जीवनलाई नयाँ दृष्टिले हेर्न थाले। शिक्षाले उनलाई आत्मविश्वास दियो। उनले बुझ्न थाले कि गरिबी स्थायी होइन, यदि अवसर र मेहनत मिल्यो भने जीवन बदल्न सकिन्छ। यही शिक्षाले उनलाई भविष्यमा समाजसेवाको बाटोमा हिँड्ने प्रेरणा दियो। १३ वर्षको उमेरमा ठूलो बुवाले घरायसी कामका लागि इन्डिया माडेको घरमा काम लगाइदिनु भएको थियो। त्यहाँ उनको पढाइप्रतिको जिज्ञासा देखेर घरबेटीले स्कुलमा भर्ना गरिदिए। उनी कक्षा तीनमा भर्ना भए र त्यहीँ बसेर कक्षा चार समेत पास गरे। यस क्रममा उनको भारत बसाइ करिब १८ महिना पुगेको थियो।

    आमाको बिरामी खबर र नेपाल फर्किएपछिको संघर्ष

    भारतमा रहँदा उनलाई आमा घरमा सिकिस्त हुनुहुन्छ भन्ने खबर पाएपछि उनि इन्डियाबाट नेपाल फर्किए। त्यसपछि नेपालमा फेरि आफ्नै कर्म र सीप सिक्ने कामहरूमा लागे। जुत्ता बनाउने, जुत्ता रिपेयर गर्ने, गाडीको डेन्ट–पेन्ट, फिटिङ, काठका हस्तकला लगायत विभिन्न क्षेत्रमा काम गर्ने मौका पाए।

    १५–१६ वर्षको उमेरसम्म आइपुग्दा उनिसँग धेरै हस्तकला सीपहरू भइसकेका थिए। त्यसपछि उनलाई कहिल्यै पछाडि फर्किनु परेन। निरन्तर अगाडि बढ्ने क्रम जारी रह्यो र पनौती नगरमा आफ्नै सानो पसल सञ्चालन गर्न पनि सफल भए ।

    बाग्लुङ यात्रा र सीप हस्तान्तरणको अभियान

    २०५६ सालमा तत्कालीन बाग्लुङ जिल्ला, धौलागिरी अञ्चलका व्यापारीहरूबाट गाडीको डेन्ट–पेन्ट र रनिङ कामका लागि प्रस्ताव आयो। त्यसपछि उनि आफ्नो जुत्ताको कामसहित बाग्लुङ पुगे। त्यहाँ बाग्लुङ, बेनी, म्याग्दी, मुस्ताङलगायत चार जिल्लामा प्रशस्त काम गर्ने अवसर पाए।

    चारै जिल्लाका सिडिओ साहबहरू, नगर प्रमुख र बौद्धिक व्यक्तित्वहरूसँग समन्वय गर्दै मैले सिलाइ तथा हस्तकला सम्बन्धी सीप सिकाउने अवसर पनि पाएँ। यसक्रममा विभिन्न गाउँपालिकाहरू हुँदै अन्य जिल्लामा समेत सीप हस्तान्तरण गर्ने मौका मिल्यो।

    १८ जिल्लामा सीप, आत्मनिर्भरता र सामाजिक पहिचान

    उनले १८ वटा जिल्लामा सीप सिकाउने अवसर पाए । धेरैभन्दा धेरैलाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभियानमा उनी जोडिए। बाग्लुङमा करिब १७–१८ वर्षको बसाइँका क्रममा त्यहाँका शिक्षक, बौद्धिक वर्ग र स्थानीय समुदायको मन जित्न सफलउनि। यही अनुभवले समाजप्रति अझ धेरै काम गर्ने उत्साह, जाँगर र आत्मबल थप्दै गयो।

    विदेश जाने कठिन निर्णय

    “पहिला आफ्नो परिवार सुरक्षित गरेपछि समाजका लागि अझ राम्रो गर्न सकिन्छ” भन्ने सोचसहित उनले विदेश जाने निर्णय गरे। इन्डिया हुँदै अमेरिका पुग्न सकिन्छ भन्ने खबर पाएपछि एकपटक भाग्यलाई पनि साथ लगाएर प्रयास गरे । २२ महिनाको संघर्षपछि उनलाई त्यो अवसर पनि प्राप्त भयो।

    ब्राजिलदेखि अमेरिका बोर्डरसम्मको जोखिमपूर्ण यात्रा

    उनको बिदेश यात्रा  ब्राजिल–कोलम्बिया रुट हुँदै लाग्यो। उनी कोलम्बियासम्म पुग्न नसकी ब्राजिलमै बसेर त्यहाँबाट यात्रा सुरु गरे। ब्राजिलबाट बोलिभिया, पानामा, ग्वाटेमाला हुँदै म्याक्सिको पुगें। त्यहाँबाट क्यालिफोर्निया बोर्डरमा अमेरिकन आर्मी, पुलिस अफिसरसमक्ष आत्मसमर्पण गरेपछि म अमेरिकामा प्रवेश गर्न सफल भए।

    कानुनी संघर्ष, परिवार पुनर्मिलन र जिम्मेवारी

    उनलाई अमेरिकाको कानुनी प्रक्रिया पूरा गर्न नौ महिना लाग्यो। इमिग्रेसनबाट बाहिर निस्किएपछि उनले काम गर्दै आफ्नो कानुनी केस लडे। अन्ततः अदालतबाट उनको पक्षमा फैसला आएपछि अमेरिका बस्ने कानुनी अधिकार पाए। सन् २०१८ मा मैले आफ्नो सम्पूर्ण परिवार अमेरिका ल्याउन पनि सफल भए ।

    संघर्षबाट जन्मिएको समाजसेवाको चेतना

    सडक जीवन, बाल मजदुरी र शिक्षाको मिश्रित अनुभवले श्याम मगरातीको मनमा एउटा स्पष्ट सोच जन्मायो—आफूले भोगेको दुःख अरूले भोग्नु नपरोस्। यही सोचले उनलाई समाजसेवातर्फ डोर्‍यायो। सडक बालबालिका, विपन्न परिवार र पीडित व्यक्तिहरूका लागि केही गर्नुपर्छ भन्ने भावना बलियो बन्दै गयो। सानै उमेरदेखि सहयोगको महत्व बुझेका श्यामले अरूको पीडामा आफूलाई देख्न थाले। उनले बुझिसकेका थिए, सहयोग पैसा मात्र होइन, आशा पनि हो। यही भावनाले उनलाई निरन्तर सेवामा सक्रिय बनायो।

    अमेरिका : कर्मभूमि, तर सेवा केन्द्रित सोच

    जीवनको अर्को चरणमा श्याम मगराती अमेरिका पुगे। अमेरिका उनको कर्मभूमि बन्यो। तर त्यहाँको जीवन पनि सजिलो थिएन। भाषा, संस्कृति र श्रमका चुनौतीबीच उनले कडा मेहनत गर्नुपर्‍यो। दिनरात पसिना बगाएर कमाएको पैसाबाट उनले पहिले घरखर्च जोडे। तर बाँकी रकम उनले आफ्ना लागि मात्र खर्च गरेनन्। नेपालका गरिब, विपन्न, रोगी र विद्यार्थीका लागि छुट्याए। न्यानो कपडा, बस्नको लागि घर, विद्यार्थीको छात्रवृत्ति, उपचार सहयोग—यी सबैमा उनको कमाइ खर्च हुँदै आयो। विदेशी भूमिमा आफ्नो गाँस काटेर अरूको पेट भर्ने यो भावना नै उनको समाजसेवाको सबैभन्दा ठूलो परिचय हो।

    संस्थागत समाजसेवाको सुरुवात

    २०८१ सालमा आफ्ना सामाजिक कार्यलाई कानुनी रूप दिन श्याम फुलमाया फाउन्डेसन दर्ता गरे। भारी वर्षाका कारण प्रभावित क्षेत्रमा घर पुनर्निर्माण, पानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा निरन्तर सहयोग गरे ।

    श्याम फुलमाया फाउन्डेसन : व्यवस्थित समाजसेवा

    समाजसेवालाई व्यवस्थित बनाउने उद्देश्यले “श्याम र फुलमाया फाउन्डेसन” स्थापना गरे । औपचारिक दर्ता हुनुभन्दा अगाडि नै फाउन्डेसनले धेरै सहयोग गरिसकेको थियो। कोभिड–१९ को कठिन समयमा १७ भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरियो। क्यान्सर, मृगौला रोग, पक्षघात र आगलागी पीडितहरूलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरिरहे । श्याम मगरातीको स्पष्ट अडान छ—सहयोग सही व्यक्ति र वास्तविक पीडामा परेकालाई मात्र पुग्नुपर्छ। त्यसैले उनी स्वयं बुझेर, पुष्टि गरेर मात्र सहयोग गर्छन्। यही कारणले उनको सेवामा पारदर्शिता र विश्वास कायम छ। नेपालदेखि अमेरिका पुग्दासम्म ठूलो आर्थिक भार थियो। बाग्लुङवासीबाट लिएको ऋण, जमिन सबै कडा परिश्रम गरेर फिर्ता गरेँ। २०१४ को भूकम्पले मेरो घर पूर्ण रूपमा क्षति पुर्‍यायो, तर म आफूभन्दा बढी समाजप्रति सोचिरहेँ।

    २०२० को कोरोना महामारीपछि मैले सामाजिक काम फेरि सक्रिय रूपमा सुरु गरेँ। स्वास्थ्य, शिक्षा, सनातन धर्म अन्तर्गत मठ–मन्दिर, विपन्न परिवार सहयोगजस्ता कार्य निरन्तर गरिरहेँ।

    आ२०८१ सालमा आफ्ना सामाजिक कार्यलाई कानुनी रूप दिन श्याम फुलमाया फाउन्डेसन दर्ता गरियो। भारी वर्षाका कारण प्रभावित क्षेत्रमा घर पुनर्निर्माण, पानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा निरन्तर सहयोग गरियो।

    श्याम फुलमाया हस्तकला उद्योग : उद्यममार्फत सेवा

    समाजसेवाको अर्को महत्वपूर्ण पक्ष “श्याम फुलमाया हस्तकला उद्योग” हो। यो उद्योग केवल नाफामुखी व्यवसाय होइन, स्थानीय सीप र श्रमको सम्मान गर्ने अभियान हो। यस उद्योगमार्फत महिलाहरूलाई सीपमूलक तालिम दिइन्छ। स्थानीय सामग्री प्रयोग गरेर दौरा–सुरुवाल, टोपी, सर्ट, पेन्ट, ब्याग जस्ता सामग्री उत्पादन गरिन्छ। यसले रोजगारी सिर्जना गर्नुका साथै आत्मनिर्भरता बढाएको छ। श्याम मगरातीको सोचमा सेवा भनेको दान मात्र होइन, मानिसलाई आत्मनिर्भर बनाउनु पनि हो भन्ने भाव स्पष्ट देखिन्छ ।

    पीडितको प्रशंसा र निरन्तरताको कामना

    श्याम मगरातीको समाजसेवामा उनकी श्रीमती फुलमाया मगरातीको योगदान अत्यन्त महत्वपूर्ण छ। परिवारको आवश्यकता र सेवाबीच सन्तुलन राख्न उनले ठूलो साथ दिएकी छन्। सेवाबाट लाभ लिएका व्यक्तिहरू श्याम मगरातीको खुलेर प्रशंसा गर्छन्। “हामीलाई कसैले नसुनेको बेला उहाँले सुन्नुभयो” भन्ने प्रतिक्रिया धेरैको छ। आज पनि श्याम मगराती अमेरिकामा कडा मेहनत गरिरहेका छन्, तर उनको मन नेपालका पीडितहरूसँग जोडिएको छ। उनको सेवा निरन्तर चलिरहोस्, अझ फैलियोस् भन्ने चाहना सबैको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑