• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक १, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १९ घण्टा अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक १, शनिबार
    होमपेज /  काभ्रे खबर

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

  • राजन दाहाल
  • २०८२ माघ २३, शुक्रबार (८ महिना अघि)
  • ४७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • महाभारत

    नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा २०७० सालको संविधान सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा जाँदा टुनिबासबाट घुँडे हुँदै हिडेरै बनखुचौर पुगेका थिए । बुढाखानीसम्म मात्रै मोटर थियो । हरेक वडा, टोलबस्तीमा उनीहरु हिंडेरै पुगेका थिए ।

    साविक गोकूले गाविसको टोकेवेशीबाट दमारबाट उकाली ओराली गर्दै सानोपोखरा आइपुग्न ७–८ घण्टा लागेपछि उनले सो स्थानमा कच्ची भएपनि मोटरबाटो बनाउने निचोडमा पुगे । सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनकै लागि तीर्थ लामा र साथीहरुले ५ लाख रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गरेका थिए । ‘चुनाव प्रचार प्रसारमा आउने क्रममा सास्ती बेहोरेपछि यहाँका जनताको आर्थिक स्तर उठाउनुपर्छ भनेर मलाई भित्री मनमा महशुस भयो र बुढाखानी–फोक्सिङटार–सानोपोखरा–ठूलोपोखरा–पात्ले –स्याप्लेडाँडा–सोक्तेल हुँदै तालढुंगा जोड्ने सडक डिपिआर बनाउनकै लागि मैले ५० हजार सहयोग गरेको थिए,’ लामाले भने, ‘कांग्रेसका सबै साथीहरुको सहयोगमा हामीले १७ करोड रुपैयाँ विनियोजन गर्न सफल भयौं, त्यसपछि सडक सञ्जालका कारण स्थानीयको आयआर्जन बढेर अवस्था परिवर्तनको लागि सहयोग भएको छ ।’

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारमा जाँदा हरेक टोल बस्तीमा गाडीमा यात्रा गर्दै पुगे । उनै लामाको पहलमा बजेट विनियोजन भएर महाभारतका हरेक वडामा सडक सञ्जाल विस्तार भएको थियो ।

    लामाले आफ्नो पहलमा बजेट विनियोजन गराएर महाभारतका धेरै सडकको ट्रयाक खुलाएका छन् । रामपुर अहाले बासपुर सडक पनि सांसद भएकै बेलामा २५ लाख रकम विनियोजन गरेर सुरुवात गरिएको थियो । ‘तिर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक खुले, ती सडकहरू अहिले स्तरोन्नती भएर यातायातका साधनहरू सञ्चालन हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘उहाँको नेतृत्वमा सुरु भएको विकासलाई कांग्रेसको आगामी नेतृत्वले निरन्तरता दिनेछ भन्ने विश्वास छ ।’

    बागमती प्रदेश सरकारका पूर्वमन्त्री रहेका लामाले आफू सांसद हुँदा र नहुँदा पनि, बागमती प्रदेश सरकारमा मन्त्री रहँदा महाभारत गाउँपालिकामा खानेपानी सिँचाई, बाटो, गुम्बा, मठमन्दिर को लागि ४०÷५० करोड बराबरको बजेट विनियोजन गराएको र आगामी दिनमा यसलाई निरन्तरता दिने बताए ।

    रोशी गाउँपालिका हुँदै महाभारत जोड्ने अधिकांश सडक संविधानसभा सदस्य तीर्थ लामाको पहलमा निर्माण भएका छन् । सिपाली–महादेवटार सडकको सर्दुङ उकालो खण्डमा लामाकै पहलमा ट्रयाक खुलाउनुका साथै स्तरोन्नती गरिएको हो । सिन्धुलीको राङचाखोला हुँदै रामपुर अहाले बासपुर सडक जाने सडक, रोशी गाउँपालिकाको ताराखसे हुँदै महाभारतको मोक्तान डाँडाजोड्ने सडक, मेलुङ हुँदै ठाडे फोक्सिन्टार–सानोपोखरा सडक, कालढुङ्गा–गौमतीभन्ज्याङ–हायुबस्ती–वडा कार्यालय सडक, तारे–चैतेपानी सडक, टुनीबास–घुँडे –बनखु सडक, कटुन्जे–लेकपानी–हेटांैडा सडक, बुढाखानी–फोक्सिङटार–सानोपोखरा–ठूलोपोखरा–पात्ले –स्याप्लेडाँडा–सोक्तेल हुँदै तालढुंगा जोड्नेलामाकै पहलमा सुरुवात र स्तरोन्नती भएका सडक हुन् । ‘तीर्थ दाईले आफ्नो पहलमा र आफ्नै डोजरसमेत प्रयोग गरेर विभिन्न सडकहरू सुरुवात गर्नुभएको छ,’ रोशी गाउँपालिका वडा नम्बर १० का पूर्वअध्यक्ष दुधराज तामाङले भने, ‘चुनाव प्रचारप्रसारका लागि हिँडेरै बनखुचौर पुग्नुभएका तीर्थ दाईले गर्नुभएको बाचा पूरा गर्नुभयो र महाभारतको सबै वडामा सडक सञ्जाल पुर्याउन भूमिका खेल्नुभयो ।’

    रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्थानीय समेत रहेका संविधानसभा सदस्य एवं पूर्वमन्त्री लामाको पहल र अगुवाईमा महाभारत गाउँपालिकाले रोशी हुँदै जिल्ला सदरमुकामसम्म जोड्न सडक सञ्जालको क्षेत्रमा ठूलो भूमिका खेलेको बताए ।

    कांग्रेस सभापति लामाको सारथीको रूपमा काम गरेका कांग्रेस जिल्ला सचिव एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार गुणराज मोक्तानले तीर्थ लामाको पहलमा सुरु भएका सबै विकासलाई आफूले निरन्तरता दिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑