काभ्रे
रामकुमार सापकोटाको काँठे लोक भाकामा आधारित फूलमाया बजारमा आएको छ । माया प्रेममा आधारित फूलमाया लोकभाकाको लय तथा शब्द सिर्जना रामकुमार सापकोटाको रहेको छ । मिलन श्रेष्ठको निर्देशमा बनेको फूलमाया लोक भाकामा स्वर भने रामकुमार सापकोटा, नवराज फुयाल, सिर्जना श्रेष्ठ र रेनुका फुयालको छ ।
लोक तथा साङ्गितिक जीवनको दुई दशकमा सापकोटाको विभिन्न गीतहरु बजारमा आएका छन् । पहिलो लोक गीत “बनेपा पनौती” र
त्यसपछि क्रमशः कुशको औँठी निम्तो सुपारी, गमलामा मालती फुल सार्नु, गाउमा घर छ , बासको कटेरो, मसाने, ४० कटेसी रमाउला आदि छन् ।