रोशी
रोशी गाउँपालिकाले आज १६ औं गणतन्त्र दिवस मनाएको छ । उक्त अबसरमा पालिकाले झन्डोत्तलन र दीप प्रज्वलन समेत गरेको छ । गाउँपालिकाले गणतन्त्रको निम्ति आहुती दिने वीर सहिदहरुप्रती सम्मान व्यक्त गर्दै गाउँपालिकाको वडा न.९ मङ्गलटार बजार क्षेत्र र वडा न. ७ कटुन्जे क्षेत्र आसपासमा सरसफाइ कार्यक्रम समेत गरेको छ । कार्यक्रमको अबसरमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समाज रुपान्तरणको लागि देशमा धेरै व्यवस्थाहरु आएको बताउदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्था स्थापित भएको बताउनुभएको बताउनु भएको छ । साथै उहाँले गणतन्त्र स्थापना गर्नको लागि नेपाली आमाको धेरै सपूतहरुले आफ्नो ज्यानको आहुती दिएको , धेरै सन्ततिहरु घाइते तथा अपांग भएको बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विश्वकै सर्वोत्कृष्ट व्यवस्था जिकिर गर्नुभयो । त्यसैगरि गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवाले गणतन्त्र दिवसको अबसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ, प्रबक्ता वसन्त तामाङ, वडा नम्बर ८ का अध्यक्ष जित बहादुर लामा, ११ को लालकुमार पाख्रीन, इलाका प्रहरी कार्यालयको प्रमुख पन्चलाल गोले, साथै पालिकाका कर्मचारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।