ललितपुर
ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा न ७ गिम्दीको खुर्मिमा पक्की पुल निर्माण हुनेभएको छ । उक्त पुल खुर्मिबाट मकवानपुर बागमती गाउँपालिकाको बलौटे जोड्ने पुल हो । बुधबार मकवानपुर बागमती गाउपालिकाको कार्यलय झुरझुरेमा भौतिक पुर्बाधार मन्त्री युबराज दुलालको उपस्थितिमा मकवानपुर बागमति गापाको अध्यक्ष सर्केश घलान तथा उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिना ,ललितपुर बागमति गापाको अध्यक्ष वीर बहादुर लोप्चन,महान्काल गा.पा.को अध्यक्ष गणेश के.सी.तथा उपाध्यक्ष डोल्मा माया गोले, काभ्रेपलान्चोक बेथान्चोक गा.पा.कोअध्यक्ष भगवान अधिकारी तथा उपाध्यक्ष तारा राना तिमल्सिना र निबर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना, सम्बन्धित कार्यलयका प्रशासकीय अधिकृतहरु, सम्बन्धित क्षेत्रका वडा अध्यक्षहरु , सम्बन्धित शाखाका कर्मचारीहरू लगाएत बुद्धिजिबिहरुको संयुक्त बैठक तथा छलफल बाट ललितपुर खुर्मी बाट मकवानपुर बलौटे जोड्ने पक्की पुल निर्माण गर्ने कुरामा सहमति भएको हो । उक्त पुल निर्माणको लागि डिपिआर तयार भैसकेको र पुल निर्माणको लागि प्रदेश सरकार संग बजेट माग गर्ने बैठकबाट निर्णय भएको छ ।
खुर्मी पुल सम्म जाने आ आफ्न पालिकाको सिमामा पर्ने मोटरबाटोहरु सम्बन्धित पालिका आफैंले डिपिआर गर्ने पनि निर्णय भएको बेथानचोक गाउँपालिकाका निबर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताउनुभयो ।
साथै बैठकबाट बनेपा,पनौति,च्याम्राङ्बेसी,ठुलालादुर्लुङ हुँदै बेतिनि, फापरबारीबाट हेटौंडा जोड्ने मोटर बाटोको लागि पनि ललितपुर ७ नागटारबाट बागमती गाउपालिकाको वडा न ९ टिन्टार हुँदै बेतिनि जोड्ने पुल निर्माणको लागि हाल डिपिआरको लागि बजेट माग गर्ने र क्रमशः पुल निर्माणको लागि बजेट माग गर्ने पनि निर्णय भएको बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले बताउनुभयो ।
साथै यी पुलहरु निर्माण भैसकेपछि काभ्रे , ललितपुर र मकवानपुरका नागरिकलाई प्रदेश राजधानी हेटौंडा जान धेरै सहज हुनेपनी अध्यक्ष लोप्चनले बताउनुभयो ।